खेलकुद

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई वर्ष सम्मान सम्मानित

पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई वर्ष सम्मानबाट सम्मानित
पोखरा, २६ कात्तिक/ पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश भट्टराई पोखरामा वर्ष सम्मानको रुपमा सम्मानित भएका छन् । पोखराको ड्यामसाइड क्लबले शनिबार वर्ष सम्मान विशिष्ट व्यक्तिका रुपमा भट्टरईलाई सम्मानित गरेको हो । भट्टराईलाई नगद १५ हजार, सम्मानपत्र र दोसल्लाले पोखरा १७ कि वडा अध्यक्ष राधिका शाही, क्बलका अध्यक्ष प्रताप गुरुङ लगाएतले सम्मान गरेको थियो । भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । भट्टराइ सन् १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भए… पुरा पढौ

एलजि एसोसिएसनले जित्यो लामाचौर कप फुटबलको उपाधि

एलजि एसोसिएसनले जित्यो लामाचौर कप फुटबलको उपाधि
पोखरा, २६ कात्तिक/ प्रथम लामाचौर कप फुटबल प्रतियोगिता २०८० को उपाधि एलजि एसोसिएसनले जितेको छ । एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा शनिबार भएको फाइनलमा एन टु कफि सप टुँडीखेललाई सडेनडेथमा ५–४ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । च्याम्पियन बनेको एलजिले नगद २ लाख रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता एन टुले १ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्‍यो । विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, क्लबका अध्यक्ष शंकर केसी, खेल… पुरा पढौ

प्रथम लामाचौर कप फुटबलमा शितल ज्योती र आदर्श सेमिफाईनलमा

प्रथम लामाचौर कप फुटबलमा शितल ज्योती र आदर्श सेमिफाईनलमा
पोखरा, २२ कात्तिक/ एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा जारी फुटबल प्रतियोगितामा बुधवार क्वाटरफाईनलका २ खेल सम्पन्न भएका छन्। आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा शितल ज्योती युवा क्लबले नेपाल प्रहरी गण्डकी प्रदेशलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। शितल ज्योती लागी खेलको १५ औं मिनेटमा सन्दिप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको अन्तिम मिनेटमा नेपाल प्रहरीको कमजोर डिफेन्सको फाईदा उठाउँदै पुनः १ गोल गरेका थिए… पुरा पढौ

पोखरामा मंसिर पहिलो साता अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता, ११ देशका प्रतिस्पर्धी

पोखरामा मंसिर पहिलो साता अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता, ११ देशका प्रतिस्पर्धी
पोखरा, १८ कात्तिक/ पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म सन्चालन हुने प्रतियोगितामा ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले नेपाल सहित ११ देशका ८८ जना प्रतिस्पर्धीले सहभागि जनाउने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स… पुरा पढौ

शनिबार पन्चासे अल्ट्रा रेस

शनिबार पन्चासे अल्ट्रा रेस
पोखरा, १७ कात्तिक/ पन्चासे अल्ट्रा रेस कार्तिक १८ गते शनिबार हुदैछ । पोखरा ट्रेल रेसमा सहभागीता जनाउन विदेशी धावकहरु पोखरा आईपुगेका छन् । नेपालकै विभिन्न जिल्लाबाट धावकहरुले ट्रेल रेसमा सहभागिता गराउँदै नयाँ अनुभव बुटल्न सहभागी हुदै छन् । ट्रेल रेस मार्फत विदेशी धावक अंक बुटल्न पोखरा आउने गरेका छन् । पोखरा ट्रेल रेस सिरिज नामक संस्थाले वर्षेनी लामो र छोटो दुरीको ट्रेल रेस गर्दै आएको छ । तीन महिना अघि मात्रै २५ किलोमिटरको मेथ्लाङ–सराङकोट ट्रेल रेस आयोजना गरेको थियो ।… पुरा पढौ

खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन हुन्नः मन्त्री सिंखडा

खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन हुन्नः मन्त्री सिंखडा
पोखरा, १५ कार्तिक / गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पछर्’ उनले भनिन् । खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायीक… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीले ग¥यो पूर्व अध्यक्ष घलेको स्वागत

खेलकुद पत्रकार मञ्च गण्डकीले ग¥यो पूर्व अध्यक्ष घलेको स्वागत
पोखरा, ९ कात्तिक/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो । पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गरें । उनले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गरें । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उनले बताए । मञ्चले आयोजना गर्ने आठौं… पुरा पढौ

पोखरामा हुने केपी ओली कप टि–२० क्रिकेटका लागि टिम छनोट गर्द एकेडेमी

पोखरामा हुने केपी ओली कप टि–२० क्रिकेटका लागि टिम छनोट गर्द एकेडेमी
पोखरा, ५ कात्तिक/ पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिताको लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो टिमको छनोट प्रक्रिया अगाडि बढाएको छ । शक्ति क्रिकेट एकेडेमी पडसरीमा एक कार्यक्रमको आयोजना गरी छनोट कार्य अगाडि बढाइएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा रातो र निलो टिम र सात प्रदेशका टिम र विभागीय ३ टिम गरी १२ समूहको सहभागिता रहने बताइएको छ । एकेडेमीका क्रिकेट विभाग… पुरा पढौ

खुला फुटसल प्रतियोगितामा च्याम्पियनको उपाधि मेन्टेन एफसीलाई, अमित सर्वोत्कृष्ट खेलाडी

खुला फुटसल प्रतियोगितामा च्याम्पियनको उपाधि मेन्टेन एफसीलाई
पोखरा, ३० असोज/ पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १/१ गोल गरे । च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो । यस्तै… पुरा पढौ

मदरल्याण्डमा २९ औँ वार्षिक खेलकुद कार्यक्रम

मदरल्याण्डमा २९ औँ वार्षिक खेलकुद कार्यक्रम
पोखरा, ३० असोज/ सैद्धान्तिक सिकाइका साथमा विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले २९ ओैँ वार्षिक खेलकुद कार्यक्रम विद्यालय प्राङ्गणमा एक समारोहबिच मङ्गलबार सम्पन्न गरेको छ। एक महिना अघिदेखि अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रम ओैपचारिक रूपमा दुई दिनसम्म चलेको थियो। दुई दिने ओैपचारिक खेलकुद कार्यक्रममा खेलकुद विभागका प्रमुख गङ्गाबहादुर गुरुङलाई बल हस्तान्तरण गर्दै प्राचार्य नारायण बरालले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलको महत्त्व र खेलकुदमा अनुशासनको भूमिकाका बारेमा प्रस्ट पार्नुभएको थियो। यस अवसरमा मार्च पास, फुटसल, दौड,… पुरा पढौ