अन्तर्वार्ता

गाउँँको विकासमा संलग्न मेजर

मेजर दिलबहादुर गुरुङ
रवीन्द्र माकाजू म प्रायः पोखरा–८, बगालेटोल निवासी मेजर दिलबहादुर गुरुङलाई भेट्न जाँदा जहिले पनि परिवारबाट एउटै उत्तर आउँछ– मेजर साहेब गाउँमा जानुभएको छ । ८४ बर्ष टेकेका मेजर गाउँमा किन जानु हुन्छ भन्ने प्रश्नमा उनी भन्दछन्– किनकिन गाउँमा आउँदा बेग्लै आनन्दको अनुभव हुन्छ । जहाँ मेरो बाल्यकाल वित्यो । म जन्मेको गाउँ गलेम अत्यन्त दुर्गम मानिन्थ्यो तर अहिले गाउँसम्म मोटरबाटो पुगेको छ । सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिको अध्यक्षका नाताले जबसम्म यो बाटो पुरा हुन्न, तबसम्म गाउँमा नै… पुरा पढौ

मर्न सजिलो तर बाँच्न गाह्रो !

प्रकाश घिमिरे
रवीन्द्र माकाजूसिने अभिनेता एवं नाटककार प्रकाश घिमिरे (पोखरा ३) अहिले मृत्युशैयाबाट तङ्ग्रेर अभिनय जगतमा पुनः फर्किएका छन् । वरीष्ठ कलाकार हरिवंश आचार्य बेलायत, अमेरिका आदि देशमा जानुपर्ने भएकाले प्रकाश घिमिरे सकि नसकी महाजात्रा सिनेमाका लागि सुटिङ भ्याएर पोखरा फर्किएका छन् । अभिनेता घिमिरे गएको कार्तिक १० गते घाँस काट्ने क्रममा नराम्ररी दुर्घटनामा परे । करीब ७५/८० मिटर तल खोल्सोमा खसे । उनलाई यो घटना धेरै दिन पछि मात्र थाहा भयो । उनी दुर्घटनामा परेर नराम्ररी घाइते भएको समाचार सामाजिक सञ्जालमा… पुरा पढौ

केबलकारका बाजे लक्ष्मणबाबु श्रेष्ठ, जस्ले नेपालमा केबलकार ल्याए

लक्ष्मणबाबु श्रेष्ठ
रवीन्द्र माकाजू अहिले मुलुकमा सर्वत्र केवलकार बनाउने होड चलेको छ । कास्कीबाट मुक्तिनाथ मन्दिरसम्म सम्भवत संसारकै सबैभन्दा लामो दुरीको केवलकार बन्ने चर्चा छ । बन्दीपुर, बुटवल, चितवन, पोखराको सराङकोट आदि ठाउँमा केबलकार निर्माण भएको छ । यस बेला नेपालका केबलकार कसले कसरी कहाँ सुरु गरे भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यसै परिवेशमा नेपालमा पहिलो केबलकारका परिकल्पनाकार एवं मनकामना केबलकारका संस्थापक लक्ष्मणबाबु श्रेष्ठसँग पहिलो भेट हुँदा गरिएको कुराकानीका केही अंशहरु माता मनकामना मन्दिर परिसर पुग्ने जो कोही पनि केबुलकार कस्ले… पुरा पढौ

अहोरात्र गुरुकुलको विकासमा – ‘रामचन्द्र’

रामचन्द्र पौडेल
रवीन्द्र माकाजूपोखरा–३, नदीपुर स्थित महर्षि गुरुकुल वेद विद्याश्रम पोखराको शैक्षिक ज्योति फैलाउने मूलकेन्द्र मानिन्छ । जसको माध्यमबाट पोखरामा २००६ सालमा पोखरा पब्लिक स्कुल स्थापना भयो भने २०१४ सालमा कन्या स्कुल र २०१७ भाद्र १७ गते पृथ्वीनारायण कलेजको विधिवत स्थापना गरियो । यसो हुनुको पछाडि यहाँ १९९६ सालमा स्थापित ब्रह्मचर्याश्रम गुरुकुल सहारा थियो, आधार थियो । यहाँ नित्य हवन, पूजापाठ, यज्ञ, यज्ञादि चल्दथ्यो । भक्तजनहरुको आवातजावत हुन्थ्यो । त्यतिबेला एउटा लामो घर, राधाकृष्ण पाटी एवं अन्य पौवाहरू निर्माण गरिएका थिए ।… पुरा पढौ

जसले मृत्युलाई जितेर फिर्किए

माधवप्रसाद बाँस्तोला “मधु”
रवीन्द्र माकाजूपोखरा महानगरपालिका वडा नम्बर ११ का पूर्व वडाध्यक्ष माधवप्रसाद बाँस्तोला “मधु”लाई धेरैले मृत्युलाई जित्न सक्ने भाग्यमानी कालजयी मान्छेको रूपमा श्रद्धाभाव व्यक्त गर्ने गर्दछन् । जो नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनमा सहभागी भै काठमाडौंबाट पोखरा फर्कने क्रममा त्रिशुलीमा भएको जीप दुर्घटनामा भाग्यले बाँच्न सफल भए । जुन बेला उनी दुर्घटनामा परे । अर्धचेतन अवस्थामा थिए । उनी ती पुराना दिन स्मरण गर्दै भन्दछन्– मलाई घटनास्थलबाट उद्धार हेतु भरतपुर लगियो । त्यहाँबाट काठमाडौं पु¥याइयो । त्यत्रो ठूलो दुर्घटनाबाट बच्नु स्वयंमा मेरो लागि… पुरा पढौ

साहित्यकार सरुभक्तको मिठो प्रेम प्रसङ्ग

सरुभक्त
रवीन्द्र माकाजू यतिखेर प्रसिद्ध साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठ दौंतरी कविता शुभारम्भको तयारीमा जुट्दैछन् । जसका बारेमा चर्चा परिचर्चा हुनु स्वभाविकै छ । भक्तराजबाट उनी कसरी सरुभक्त भए सबैमा कौतुहलता जाग्नु स्वभाविकै हो । भनिन्छ, उनी कसैका प्रेम पागल भएका थिए रे ! यस्तै रे रे का कथाहरु उनका जीवनमा मात्र होइन, हरेकका जीवनमा देखिन्छ, भेटिन्छ तर जे होस् वरिष्ठ साहित्यकार सरुभक्तका प्रेम प्रसङ्ग पाठकका लागि रोचकताको विषय बन्ने गर्दछ । शायद उनले जति उत्तर दिए पनि पाठक र… पुरा पढौ

५० वर्ष देखी निरन्तर पत्रकारीता गर्दै नारायण कार्की

नारायण कार्की
रवीन्द्र माकाजू५० बर्ष भन्दा बढी समय पत्रकारितामा समय बिताएका वरिष्ठ पत्रकार नारायण कार्की पोखरेलीहरुका लागि चिरपरिचित नाम हो । अत्यन्त मिलनसार, विनम्र स्वभावका कार्कीका लागि लाग्छ यहाँ कोही पराई छैनन् । आफ्नो पत्रकारिता जीवन वि।सं। २०२९ सालबाट शुभारम्भ गरेका कार्की हाल विविसी नेपाली सेवामा कार्यरत छन् । वरिष्ठ पत्रकार कार्कीको जन्म विस २००७ साल मार्ग १८ मा तनहुँ जिल्लाको नावरुङ्गमा भएको हो । बुबा पूर्णबहादुर कार्की नेपाली सेनामा कार्यरत थिए । पिता काठमाडौंमा जागिरे हुँदा बाबुसँगै ७ बर्षका उमेरमा हिंडेर… पुरा पढौ

सधै उपभोक्ताको अधिकारका लड्ने कपिलनाथ कोइराला

कपिलनाथ कोइराला
रवीन्द्र माकाजूपोखराको चिप्लेढुङ्गा निवासी कपिलनाथ कोइरालाको नाम सुन्ने वित्तिकै मानिसहरु उपभोक्ताको हितमा काम गर्ने मान्छे भनेर स्वतः चिन्दछन् । विसौं वर्ष देखि उपभोक्ता अधिकारको लागि खटेका कोइराला उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष हुन् । लामो समय देखि यो क्षेत्रमा गरेको योगदान र कार्यले उनलाई उपभोक्ताको पर्यायवाचीको रुपमा स्थापित गरिसकेको छ । एउटा प्रतीक वा ब्राण्ड नै बनिसकेका कोइराला स्वयम्मा उपभोक्तावादी संस्था भै सकेका छन् । तिनै कपिलनाथ उपभोक्ता मञ्चमा कसरी जोडिन आई पुगे रु उनले वेलिविस्तारपूर्वक भने –करिव २ दशक अघि… पुरा पढौ

श्रीलंकाबाट सम्मानित कवि दुर्गाबहादुर शाह “बाबा”

दुर्गाबहादुर शाह “बाबा”
रबीन्द्र माकाजू भनिन्छ - विद्वानको सर्वत्र पूजा हुन्छ । विद्वानहरु कुनै भूगोल भित्र बाधिएको हुन्नन् भन्ने सन्देशका वाहक बनेका हुन् - कवि दुर्गाबहादुर शाह “बाबा” । जो पोखराका एक स्थापित साहित्यकार मानिन्छन् । अझ विशेष गरी अन्तराष्ट्रिय नेपाली साहित्य माझ (अनेसास) गण्डकी प्रदेशका अध्यक्ष शाहको सम्बन्ध विशवका कुना कुनामा सक्रिय अनेसासको च्याप्तरसँग रहेको छ । पोखरा र वरिपरि रहेका साहित्यकारहरू पोखरा आउँदा साहित्यिक गतिविधिको संयोजन गर्ने जिम्मा प्रायः अध्यक्ष शाह कै हुने गर्छ । अत्यन्त सरल, मिलनसार, सहयोगी शाह पनि… पुरा पढौ

शोकलाई सेवामा बदल्दै मदनकाजि श्रेष्ठ, १ करोडको कोष स्थापना

मदनकाजि श्रेष्ठ
रवीन्द्र माकाजू कवि, नाटककार बालकृष्ण समले लेखेका छन्–दुःखीको घरमा मात्र तेरो बास हुने भएहे ईश्वर दया गरी अझ मलाई दुःख दे ।। यस्तै दुःखदायी विभत्स घटना घटेको छ पोखराका एक कर्मठ समाजसेवी मदनकाजि श्रेष्ठका जीवनमा । २०७९ साल माघेसक्रान्तिका दिन श्रेष्ठका परिवारमा ठूलो बज्रपात भयो । छोरा, बुहारी, नातिको एउटै चिहान भयो तर यी सबै परिदृश्यलाई आत्मसात गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सभापति श्रेष्ठले दिवगंत भएका छोरा, बुहारी, नातिको स्मृतिमा १ करोडको कोष सहितको प्रतिष्ठान खडा गरेर उनीहरुलाई अमर… पुरा पढौ