चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच र रक्तदान
पोखरा, २२ मंसिर/ पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा…
पुरा पढौ
मेयर गोपाल हमाल अस्वस्थ, थप उपचारका लागि दिल्ली रेफर
धनगढी, २२ मंसिर/ धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए । अस्पतालले थप उपचारका लागि दिल्ली रेफर गरिएको जनाएको छ । उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको छ । चिकित्सककाले हमालको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने नरहेको बताए ।
पुरा पढौ
निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक
पोखरा, १४ मंसिर/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे । चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए। ‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको…
पुरा पढौ
अस्पताललाई शुल्क विवरण सार्वजनिक मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने
काठमाडौं, ६ मंसिर/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए । मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा…
पुरा पढौ
बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्णय
काठमाडौं, ११ कात्तिक/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामथ्र्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति…
पुरा पढौ
रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने
काठमाडौं, ७ कात्तिक/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने छन् । स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै…
पुरा पढौ
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ– मन्त्री पाठक
लमजुङ, ४ कार्तिक /गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको…
पुरा पढौ
स्वास्थ्यमन्त्री पौडेलद्धारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग
काठमाडौं, २९ असोज/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् । जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन् । नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए । जवाफमा…
पुरा पढौ
पोखरामा चिसो बढ्दै, सर्तक रहन चिकित्सकको सल्लाह
पोखरा, २९ असोज/ मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । त्यसको अनुभव पोखरामा पनि भएको छ । असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान पोखरेलीले चिसो महसुस गरेका छन् । पोखरामा सोमबार राति न्युतम तापक्रमम २० डिग्रिमा झरेको छ । त्यसै गरी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५ गते…
पुरा पढौ
हेलिकोप्टर किन्ने गण्डकीका स्वास्थ्यमन्त्री पाठकको योजना
पोखरा, १५ असोज / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा बिरामीको उद्धारका लागि ५ वर्षभित्र हेलिकोप्टर व्यवस्था गर्ने घोषणा गरेका छन् । मंगलबार कार्ययोजना सार्वजनिक गर्दै उनले हेलिकोप्टर गण्डकीका लागि अपरिहार्य भएको बताए । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म गण्डकीमा ६६ जना गर्भवती– सुत्केरी महिलाको उद्धार गरिएको छ । एउटै उद्धार गर्दा हेलिकोप्टरमा १ लाख २० हजारदेखि पौने ३ लाखसम्म खर्च गरेको मन्त्रालयले जनाएको छ । सुत्केरी र गर्भवती उद्धारका लागि मात्रै १ करोड ५० लाखभन्दा बढी ४ वर्षमा…
पुरा पढौ