स्वास्थ्य

रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने

प्रदीप पौडेल
काठमाडौं, ७ कात्तिक/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउने छन् । स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै… पुरा पढौ

गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ– मन्त्री पाठक

कृष्णप्रसाद पाठक
लमजुङ, ४ कार्तिक /गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको… पुरा पढौ

स्वास्थ्यमन्त्री पौडेलद्धारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग

स्वास्थ्यमन्त्री पौडेलद्धारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग
काठमाडौं, २९ असोज/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् । जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन् । नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए । जवाफमा… पुरा पढौ

पोखरामा चिसो बढ्दै, सर्तक रहन चिकित्सकको सल्लाह

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, २९ असोज/ मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । त्यसको अनुभव पोखरामा पनि भएको छ । असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान पोखरेलीले चिसो महसुस गरेका छन् । पोखरामा सोमबार राति न्युतम तापक्रमम २० डिग्रिमा झरेको छ । त्यसै गरी काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५ गते… पुरा पढौ

हेलिकोप्टर किन्ने गण्डकीका स्वास्थ्यमन्त्री पाठकको योजना

हेलिकोप्टर किन्ने गण्डकीका स्वास्थ्यमन्त्री पाठकको योजना
पोखरा, १५ असोज / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा बिरामीको उद्धारका लागि ५ वर्षभित्र हेलिकोप्टर व्यवस्था गर्ने घोषणा गरेका छन् । मंगलबार कार्ययोजना सार्वजनिक गर्दै उनले हेलिकोप्टर गण्डकीका लागि अपरिहार्य भएको बताए । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म गण्डकीमा ६६ जना गर्भवती– सुत्केरी महिलाको उद्धार गरिएको छ । एउटै उद्धार गर्दा हेलिकोप्टरमा १ लाख २० हजारदेखि पौने ३ लाखसम्म खर्च गरेको मन्त्रालयले जनाएको छ । सुत्केरी र गर्भवती उद्धारका लागि मात्रै १ करोड ५० लाखभन्दा बढी ४ वर्षमा… पुरा पढौ

पोखरामा क्यान्सर उपचारको सेवा विस्तार, बीपी कोइरालासँग सम्झौता

पोखरामा क्यान्सर उपचारको सेवा विस्तार, बीपी कोइरालासँग सम्झौता
पोखरा, १ असोज/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । प्रतिष्ठानले क्यान्सर उपचार सेवाको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सम्झौता गरेको हो । सम्झौता अनुसार प्रतिष्ठानलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ सहयोग गर्नेछ । अस्पतालका कार्यकारी निर्देशक डा. शिव पौडेल र प्रतिष्ठान पोखराका निर्देशक भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा विस्तारले गण्डकीका बिरामीलाई सेवा लिन सहज हुने बताए । उनले… पुरा पढौ

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु – स्वास्थ्यमन्त्री पाठक

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु स् स्वास्थ्यमन्त्री पाठक
पोखरा, १८ भदौ/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन् । नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्यमन्त्री पाठकले हाल अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना सुनाएका हुन् । अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन् प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ, उनले भने । बागलुङकै बुर्तिबाङ… पुरा पढौ

पोखरामा डेंगी खोज र नष्ट गर अभियान

पोखरामा डेंगी खोज र नष्ट गर अभियान
पोखरा, ८ भदौ/ नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र नेपाल रेडक्रा सोसाइटी कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम खोज र नष्ट गर अभियान पोखरा ८ मा संचालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीका अनुसार भाद्र ५ गते सम्म कास्कीमा कुल ९७९ जनामा डेंगी संक्रमण देखिएको जसमा २ जनाको मृत्यू समेत भइसकेको र सबैभन्दा धेरै संक्रमित भएको वडामा पोखरा… पुरा पढौ

प्रदेशले स्वीकृति दिनासाथ दमौली अस्पताललाई ५० शैय्याको बताउनेः मन्त्री पौडेल

प्रदेशले स्वीकृति दिनासाथ दमौली अस्पताललाई ५० शैय्याको बताउनेः मन्त्री पौडेल
पोखरा, ५ भदौ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । गत साता अस्पतालको निरिक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताए । दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु, मन्त्री पौडेलले भने, प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ ।… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो
पोखरा, २ भदौ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चिकित्सा शिक्षा अध्ययन अन्र्तगत एमबीबीएस अध्ययन शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्र्तगतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा शुरु गर्ने घोषणा गरेका थिए । मन्त्रालयले ५ करोड विनियोजन… पुरा पढौ