स्वास्थ्य

स्वास्थ्यकर्मी नहुँदा आँगनमै सुत्केरी: कारबाहीमा परे स्वास्थ्यकर्मी, तलब काटिने

कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन्।  स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उनी चौकीकै प्राङ्गणमा सुत्केरी भइन्।  सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए। स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन्। सबै कर्मचारी तिहार बिदामा घर गएकाले… पुरा पढौ

गलकाेटमा २२५ को निःशुल्क आँखा उपचार

गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि आजसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो । नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र… पुरा पढौ

एक वडा एक हेलिप्याड बागलुङ र पर्वतमा नारा पुग्यो, योजना पुगेन

सरकारले बजेटमै उल्लेख गरेको एक वडा एक हेलिप्याड कार्यक्रम बागलुङ र पर्वतमा नारामै सीमित भएको छ । साबिक धौलागिरिका म्याग्दी र मुस्ताङका सबै वडामा हेलिप्याड बने पनि अञ्चल सदरमुकामसमेत रहेको बागलुङ र पर्वतमा यो कार्यक्रम केही वडामै खुम्चिएको हो । यी दुई जिल्लाका सदरमुकामको कुनै वडामा हेलिप्याड छैनन् ।तत्कालीन केपी शर्मा ओलीको सरकारले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत वडा–वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको थियो । तर, योजनाले सार्थकता नपाउँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल… पुरा पढौ

सहारा क्लबका सदस्यलाई कोभिड बिरुद्धको खोप

गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाएको छ । क्लवले आफ्ना २ सय जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोना बिरुद्ध खोप लगाएको क्वलले जनाएको छ । त्यसै गरी हालै पोखरामा प्रदान गरिएको उक्त खोप अभियान अन्र्तगत १४ जना नेपाली सेनालाई समेत कोरोना बिरुद्ध खोप प्रबन्ध गरिएको थियो । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा रहेका… पुरा पढौ