हुम्लाको लाली स्वास्थ्यचौकीमा औषधि अभाव

-


     क्लिक गण्डकी     
     कार्तिक २२ गते २०७८ मा प्रकाशित


हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ।

मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए। उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्।’

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ।  पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य सस्थामा बिरामी बढेका छन्। रासस



This will close in 10 seconds