अर्थतन्त्र

आन्तरिक आम्दानी बढाउन गण्डकीमा राजस्व कार्यालय स्थापना

आन्तरिक आम्दानी बढाउन गण्डकीमा राजस्व कार्यालय स्थापना
पोखरा, १७ कात्तिक/ आन्तरिक आम्दानी वृद्धि, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । आर्थिक मामिला मन्त्रालय अन्तर्गत स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गरे । प्रदेशको राजस्व संकलन प्रणालीलाई व्यवस्थित बनाउने, करदाता पहिचान गर्ने, कर परिपालना गराउने तथा राजस्व संकलन गर्ने निकायको अनुगमन गर्ने जिम्मेवारी कार्यालयलाई दिइएको छ । यसअघि राजस्व संकलन तथा व्यवस्थापन सम्बन्धी काम आर्थिक मामिला मन्त्रालयको एउटा महाशाखाबाट हुँदै आएको थियो ।… पुरा पढौ

पोखरामा सार्वजनिक भयो जेएमईभी, लन्चकै दिनमा ८१ गाडी बुकिङ

पोखरा, १६ कात्तिक/ सीजी मोटर्सले ‘टीटी ईभी रिभोलुसन’ अभियान अन्तर्गत नयाँ विद्युतीय ह्याचब्याक जेएमईभी ईभी३ पोखरामा सार्वजनिक गरेको छ। सार्वजतिक कार्यक्रममा ग्राहकको उत्साहजनक सहभागिता देखिएको थियो। सार्वजनिक भएकै दिन ९ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ भने ८१ वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । ‘डिजाइन्ड फर मोर, ड्रिभन बाई इनोभेसन’ अवधारणामा आधारित जेएमईभी ईभी३ को सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडीमा ३०.२४ किलोवाट आवर क्षमताको ब्याट्री र ५० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ।… पुरा पढौ

पोखरा दुबई सिधा उडानः तीन हप्तामा करिब ५ हजार आउजाउ, पर्यटन व्यवसायी उत्साहीत

दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक
पोखरा, ३ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईबाट तीन सातामा करिब ५ हजार जना आउजाउ गरेका छन् । फ्लाई दुबईले सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो । विमानस्थलको तथ्यांक अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर १५ सम्मको २३ दिनमा २२ दिन उडान भएको छ । सेप्टेम्बर २५ मा मौसमका कारण उडान अवरुद्ध भएको थियो । यो अवधिमा ४ हजार ७ सय ३४ जनाले पोखराका विमानस्थल प्रयोग गरेर आउजाउ गरेका छन् । फ्लाई… पुरा पढौ

पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

पामे बचत तथा ऋण सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित
पोखरा, ३१ असोज/ पामे बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । उनीहरुलाई सहकारीको जेष्ठ सदस्य रामेश्वर बस्ताकोटीले, सहकारीका अध्यक्ष नवराज पराजुली, पुर्व अध्यक्ष महेश्वर दवाडी, अग्निधर त्रिपाठी लगाएतले सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणालीको प्रक्रिया अघि बढ्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणालीको प्रक्रिया अघि बढ्यो
पोखरा, २९ असोज/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट तथा उडान रद्द हुने समस्या कम गर्न हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (Required Navigation Performance–Authorization Required) प्रणाली लागू गर्न आवश्यक प्राविधिक अध्ययन सकेको छ । प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेलले जानकारी दिएका छन् । उनले प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने… पुरा पढौ

टीभीएसको दशैँ अफर, ‘अचम्मैको दशै योजना’, पोखराको अमरसिंह चौरमा १८ गते देखी मेला

टीभीएसको दशैँ अफर, ‘अचम्मैको दशै योजना’ सार्वजनीक, पोखराको अमरसिंह चौरमा १८ गते देखी मेला
पोखरा, १६ असोज/ दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको पोखराको आधिकारीक डिलरले ‘टीभीएस अचम्मैको दशै योनना’ सार्वजनीक गरेको छ । योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीले अजोज १८ देखी असोज २६ गते सम्म पोखराको अमरसिंह चौरमा दशै मेगा एक्चेन्स इभेन्टको आयोजना गरेको कम्पनीका सेल्स प्रमुख सन्तोष पोखरेले जानकारी दिए । कम्पनीका अनुसार, ‘टीभीएस गोल्डेन की’ योजनामा ग्राहकले १० लाख… पुरा पढौ

नयाँ हुन्डाई भेन्यु पोखरामा, मूल्य ४८ लाख ९६ हजारदेखि

नयाँ हुन्डाई भेन्यु पोखरामा, मूल्य ४८ लाख ९६ हजारदेखि
पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो। नयाँ भेन्युमा आकर्षक एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको कम्पनीले जनाएको छ। भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ। इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड… पुरा पढौ

पोखरामा चाङ्गान नेभो क्यू ०५ सार्वजनिक

पोखरामा चाङ्गान नेभो क्यू ०५ सार्वजनिक
चाङ्गानको विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ । एमएडब्लू वृद्धी अटोकर्प प्रालिले पोखरामा एक कार्यक्रम आयोजना गरी नेभो क्यू०५ सार्वजनिक गरेको हो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम, नाडाका पूर्वअध्यक्ष धुर्वबहादुर थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष निरन केसी, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख ढाकाराम शर्मा, डीपलका ब्रान्ड एम्बेसडर तथा अभिनेता प्रदीप खड्का लगाएतले सार्वजनीक गरे । नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय एसयूभीका रूपमा ल्याइएको… पुरा पढौ

पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक हुँदै

पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक हुँदै
पोखरा, १ असोज/ चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन अन्तर्गतको नेभो क्यू०५ एस पोखरामा सार्वजनिक हुने भएको छ । नेपालका लागि चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धी अटोकर्प प्रालिले पोखरामा सार्वजनिक गरेपछि भोली पल्ट देखी परीक्षण सवारी कार्यक्रम आयोजना गर्ने भएको हो । ग्राहकले असोज ३ देखि ६ गतेसम्म डीपल पोखरा सोरुममा नेभो क्यू०५ को प्रत्यक्ष परीक्षण गर्न सक्नेछन् । चितवनमा सार्वजनिक गरिएपछि क्यू०५ पोखरामा सार्वजनिक हुन लागेको हो । चाङ्गानको नयाँ–ऊर्जा सवारीसाधनको मुख्य लाइन नेभोअन्तर्गत रहेको क्यू०५ लाई विश्वव्यापी सहरी प्रिमियम विद्युतीय… पुरा पढौ

पोखरामा रेज मोटर्सले भित्र्यायो जिडब्ल्युएम गाडी

पोखरामा रेज मोटर्सले भित्र्यायो जिडब्ल्युएम गाडी
पोखरा, १ असोज/ ग्रेट वाल मोटर (जिडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको उत्तम चोकमा डिलरसिप सञ्चालनमा ल्याएको छ । सोही अवसरमा जिडब्ल्युएमका दुईवटा फ्ल्यागसिप विद्युतीय गाडी ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स इभी’ बिहीबार सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘ओरा ५’ मा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री र २०० मिमीको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले एक पटकको फुल चार्जमा ४ सय ३५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । त्यसैगरी १५० किलोवाट क्षमताको मोटर रहेको ‘हाभल… पुरा पढौ