
दुबई–पोखरा–दुबई उडान दोस्रो दिन पनि, यात्रु उत्साहजनक
पोखरा, ३ कात्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईबाट तीन सातामा करिब ५ हजार जना आउजाउ गरेका छन् । फ्लाई दुबईले सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो ।
विमानस्थलको तथ्यांक अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर १५ सम्मको २३ दिनमा २२ दिन उडान भएको छ । सेप्टेम्बर २५ मा मौसमका कारण उडान अवरुद्ध भएको थियो । यो अवधिमा ४ हजार ७ सय ३४ जनाले पोखराका विमानस्थल प्रयोग गरेर आउजाउ गरेका छन् । फ्लाई दुबईमार्फत ३ हजार २ सय ८३ जना पोखरा आएका छन् भने १ हजार ४ सय ५१ जना पोखराबाट दुबई गएका छन् ।
पोखरा आएका यात्रुमध्ये २ हजार ९ सय ३४ जना नेपाली, ३ सय ४९ जना विदेशी रहेका छन् । त्यसैगरी पोखराबाट दुबई जानेमध्ये १ हजार २ सय १२ जना नेपाली र २ सय ३९ जना विदेशी रहेका छन् । यसलाई समिक्षा गर्दै पोखरा पर्यटन व्यवसायी र स्थानीय सरकार पनि उत्साहीत बनेको छ ।
उडानका कारण स्थानीय सरकार पोखरा महानगरपालिका, गण्डकी प्रदेशको समेत आर्थिक चलायमान बढेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान हुनै ठुलो कुरा भएको बताए । उनले पोखरा विमानस्थल बारेका भ्रम सबै हटेको बताए । उनले पहिले तीन हप्ताको उडानले पोखरा दुबई एउटा व्यवस्थित रुट बन्ने देखीको बताए । पोखरा पर्यटकीय राजधानी भएको भन्दै यसका लागि अन्तर्राष्ट्रिय उडान आवश्यक थियो त्यो पनि पुरा भएको बताए ।
पोखरा–दुबई सिधा उडान पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने महत्वपूर्ण काम गरेको नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले बताए । उनले पोखराको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय आवागमनमा सहयोग पुग्ने उनले बताए ।
पोखराको पर्यटन सँग मात्र नभई समग्र गण्डकी प्रदेशको आर्थिक गतिविधिसँग पनि जोडिएको विषय भएका कारण उडानले महत्वपुर्ण भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरी भुजेलले बताए । नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन, होटल तथा रेस्टुरेन्ट व्यवसाय, यातायात, पदयात्रा र अन्य पर्यटन सेवामा पर्यटक बढ्ने बताए । यसले पर्यटन क्षेत्रलाई ठुलो टेवा पुग्ने बताए ।
भुजलले पोखरा विमानस्थलमा झरे पछि आफ्नै घर घरमा जान पाउनु राम्रो भएको बताए । त्यसै गरी अन्नपुर्ण सर्किटका आउने पर्यटकलाई सोझै पोखरा झर्दा होम टु होमको अनुभव गरेको बताए । पोखरा दुबई उडानले रसुवा बाढीले पर्यटन क्षेत्रमा गरेका असरलाई केही मात्रमा भएपनि चलायमान बताएको उनको भनाई छ ।







