
कुकुर तिहारः पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरहरूको पुजा
पोखरा, २२ कात्तिक/ पाँच दिनसम्म मनाइने नेपालीहरुको पर्व तिहारको दोस्रो दिन आज कुकुर तिहार देशभर मनाइएको छ । यस दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिने गरिन्छ । पोखराका पनि प्रहरीले कुकुरको विषेश पुजा गरेको छ ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा थप सहजता प्रदान गर्दै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका नेपाल प्रहरीका तालिम प्राप्त कुकुरलाई लिन्छ ।
पूजाको साथै कुकुरहरुलाई मिठामिठा परिकारहरु समेत खुवाइएको छ । कुकुरहरुलाई माला पहिराई मिठा खाने कुराहरु प्रदान गरे । कुकुरहरू अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, विस्फोटक पदार्थ पत्ता लगाउने, खोजतलास, र सुरक्षा कार्यमा प्रयोग गरिन्छन् ।
प्रहरी अधिकारीहरूका अनुसार, कुकुरहरू सुरक्षामा अमूल्य योगदान दिने गरेका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुसार कुकुरलाई अनुसन्धानका लागि लगिएको छ । गण्डकी प्रदेशको पोखरा कार्यालयमा ८ वटा कुकुरहरु छन् ।
यस वर्ष ९१ स्थानमा अनुसन्धानका लागि प्रयोग भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी श्यामु अर्यालले जानकराी दिए । उनले हातहतियार तथा विष्फोटक पदार्थ खोजीकार्य ४६, लागूऔषध सम्बन्धी ४३, कर्तव्य ज्यान तथा चोरीमा खोजी कार्य सम्बन्धी २ पटक अनुसन्धानमा खटिएको बताए ।







