प्रवास

हवाई आक्रमणमा परि रूसी सेनामा कार्यरत स्याङ्जाका कार्कीको मृत्यु

पितम कार्की
एजेन्सी, १२ मंसिर/ रुसमा पुगेर रुसी सेनामा भर्ती भएका स्याङ्गजा पुतलीबजार–५, ठूलास्वाँराका पितम कार्कीको तालिमस्थलमा हवाई आक्रमणमा परि मृत्यु भएको छ । गत कार्तिक २९ गते आक्रमणमा परि मृत्यु भएको नेपाली दुताबास बताएको छ । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको नेपाली दुतावास मस्कोले जनाएको छ ! पुरा पढौ

नेपाल–कोरिया सम्बन्ध छफलफः सञ्चय कोष, नेपाली वायुसेवा उडान सहित ६ बुँदे ध्यानाकर्षण

नेपाल–कोरिया सम्बन्ध छफलफः सञ्चय कोष, नेपाली वायुसेवा उडान सहित ६ बुँदे ध्यानाकर्षण
पोखरा, ४ मंसिर/ नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठको अवसरमा दुई देशको कूटनीतिक सम्बन्धबारे छलफल भएको छ । दक्षिण कोरियामा अन्य विदेशी नागरिकलाई उपलब्ध हुने योगदानमा आधारित सञ्चय कोष नेपाली नागरिकहरूलाई उपलब्ध गराउन नेपाल र कोरिया तर्फ रहेका कानूनी अवरोध र कानून सम्सोधनका विषयमा दुबै देशका प्रतिनिधिहरु सकारात्मक भएका छन् । दक्षिण कोरियामा नेपाल वायुसेवा निगमको उडानमा नेपाल र कोरियातर्फ रहेका कानूनी अवरोध हटाउन दक्षिण कोरियाका सम्बन्धित पदाधिकारीसँग नेपाली प्रतिनिधि मण्डलले छलफल गरेका छन् । नेपाल–कोरिया कूटनैतिक सम्बन्ध सुदृढीकरण तथा… पुरा पढौ

एनआरएनएमा महिला उपाध्यक्षमा रोजिना प्रधान राई विजयी

रोजिना प्रधान राई
काठमाडौं, ३ कात्तिक/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई विजयी भएकी छन् । उनले १९४७ मतसहित महिला उपाध्यक्षमा विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी यास्मिन बेगम शायदले १९१४ मत ल्याइन् । महिला उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको थियो ।एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल प्रधानले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न समुहमा रहेर काम गरेकी थिइन् । एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा

नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०… पुरा पढौ