दुर्घटना
एजेन्सी, ८ मंसिर/ अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै कार दुर्घटनामा परि दुई जना नेपालीहरूको मृत्यु भएको छ । नोभेम्बर २२ को बिहान भएको दुर्घटनामा एक अर्को नेपाली घाइते भएका छन् । कारमा चार जना नेपाली सवार थिए ।
दुर्घटनामा परेर ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठ बिस कोट नगर पालिकाको वडा नम्बर ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदी रहेका छन् ।
उनका अनुसार घाइते हुनेमा काठमाडौँका मेहुल श्रेष्ठ रहेका छन् । उनी अहिले अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको थियो भने चालकले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशंका प्रहरीको रहेको छ ।
अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडकबाट बाहिर पुगी रुखहरूमा ठोक्किएको थियो । कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी छ ।