समाचार

पोखरामा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

पोखरा, २२ असोज/ पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ। अधेरीकुनास्थित एक घरको जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जनाको माटोको ढिस्को खसेर पुरिएका थिए। माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा साँझ ५ः०४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी गोरखाको पालुङटार नगरपालिका–७ पालुङटारका ३७ वर्षीय… पुरा पढौ

पोखरामा राइफल गोली २ राउण्ड र लागूऔषधसहित एक जना युवक पक्राउ

पोखरामा राइफल गोली २ राउण्ड र लागूऔषधसहित एक जना युवक पक्राउ
पोखरा, २२ असोज/ पोखरा महानगरपालिका–३ नदिपुरबाट राइफलका दुई राउण्ड गोली र लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले नदिपुरस्थित २३ वर्षीय रविनबहादुर नेपालीको घरकोठामा खानतलासी गरेको थियो। पोखरा महानगरपालिका–१८ सराङकोट घर भई पोखरा–३ नदिपुरमा बस्दै आएका उनको कोठा खानतलासीका क्रममा एसआरएल राइफलको एक राउण्ड गोली, ३०३ राइफलको एक राउण्ड गोली, एक किलो ५० ग्राम गाँजा र टापेन्टाडोलका ४० चक्की बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट ४३… पुरा पढौ

कास्कीको मादीमा चट्याङ

चट्याङ
पोखरा, २१ असोज/ कास्कीको मादी गाउँपालिका–११ खिमाजेमा चट्याङ परेको छ । चट्याङ लागेर दुई वटा बाख्रा मरेका छन्। खिमाजेमा स्थानीय केशराज पौडेलको गोठमा बाँधेर राखिएका दुई वटा बाख्राका बोकालाई बुधबार चट्याङ लागेको हो। चट्याङ लागेर दुवै बाख्रा मरेको प्रहरीले जनाएको छ। घटनाबारे बिहान करिब १० बजे सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट भगवतीटार, कास्कीबाट प्रहरी सहायक हवल्दार कमल खनखवासको कमाण्डमा टोली घटनास्थल पुगेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। पुरा पढौ

पोखराको कार्कीको तगारामा छिमेकीको हत्या आरोपमा युवक पक्राउ

पोखराको कार्कीको तगारामा छिमेकीको हत्या आरोपमा युवक प्रक्राउ
पोखरा, २० असोज/ पोखरा महानगरपालिका वडा नम्बर २४ कार्कीको तगारामा छिमेकीको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई प्रक्राउ गरेका छ । स्थानीय ७२ बर्षका पूर्णभद्र त्रिपाठीलाई सोही ठाउँका ३३ बर्षीय जगत दाहालले बाउसो (कोदालो) र सिसाको बोतलले प्रहार गरेर हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहारबाट गम्भीर घाइते भएका त्रिपाठीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरीका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जानकारी दिए । सोमबार चिया पसलबाट घरतर्फ जादै गरेका बृद्ध त्रिपाठीलाई शुरुमा रक्सीको बोतलले टाउकोमा प्रहर गरेको… पुरा पढौ

जेन्जी आन्दोलनमा जलेको पोखरा महानगरको भवन भत्काउन सुरु

जेन्जी आन्दोलनमा जलेको पोखरा महानगरको भवन भत्काउन सुरु
पोखरा, २० असोज/ जेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको पोखरा महानगरपालिकाको प्रशासनिक भवन भत्काउन सुरु गरिएको छ। आन्दोलनका क्रममा आगलागी भएपछि भवनको संरचनामा ठूलो क्षति पुगेको थियो भने कार्यालयका कागजपत्र जलेर नस्ट भएका थिए । क्षतिग्रस्त भवनलाई थप जोखिम हुन नदिन महानगरपालिकाले भत्काउने प्रक्रिया अघि बढाएको हो। भत्काएर सबै खाली गर्ने र पोखरा महानगरपालिकालाई ३ लाख ९३ हजार रुपैया दिने गरी जेसीका कम्पनीले सम्झौता गरेर काम थालेको पोखरा महानगरपालिकाका सुचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए । भवनको संरचनात्मक… पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा बैकुण्ठ

बैकुण्ठराज तिमसेना
पोखरा, २० असोज/ ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी तर्फबाट बैकुण्ठराज तिमसेना सञ्चालक पदमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आइतबार बसेको २५७ औँ बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उनीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ । उनले यसअघि संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी समेत सम्हालिसकेका छन् । नवनियुक्त सञ्चालक तिमसेनालाई बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी तथा व्यवस्थापन समूहले… पुरा पढौ

अख्तियारको पोखरामा १ हजार ३ सय उजुरी, सबै भन्दा धेरै पोखरा महानगरका

अख्तियारको पोखरा कार्यालयमा एक वर्षमा १ हजार ३ सय उजुरी, सबै भन्दा धेरै पोखरा महानगरका
पोखरा, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ३ सय ३७ वटा उजुरी दर्ता तथा जिम्मेवारी सरेर आएका छन्। तीमध्ये १ हजार १ सय ६० उजुरी स्क्रिनिङ भइसकेका छन् भने १७७ उजुरी फछ्र्यौट हुन बाँकी रहेको आयोगले जनाएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदन पेस गर्दै यस्तो जानकारी दिएको हो। आयोगका पोखरा कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले सोमबार नेपालको… पुरा पढौ

पोखरामा पर्यटकलाई झोला तान्ने र दुःख दिने पाँच जना पक्राउ

पोखरामा पर्यटकलाई झोला तान्ने र दुःख दिने पाँच जना पक्राउ
पोखरा, १८ असोज/ पोखरामा पर्यटकलाई दुःख हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले असोज १७ र १८ गते पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सर्वसाधारण तथा पर्यटकलाई लक्षित गरी सस्तोमा होटल मिलाइ दिने भन्दै झोला तान्ने, करकाप गर्ने र अनावश्यक दुःख हैरानी दिने पाँच जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्रकुमार पासवानले जानकारी दिए… पुरा पढौ

लखनउ डाइभर्ट भएको फ्लाईदुबईको जहाज पुनः पोखरा फर्किएर अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईले सेक्टेम्बर २३ देखी उडान गर्ने
पोखरा, १७ असोज / खराब मौसमका कारण पोखराबाट भारतको लखनउतर्फ डाइभर्ट भएको फ्लाईदुबईको जहाज पुनः पोखरा फर्किएर अवतरण गरेको छ। दुबईबाट पोखरा आएको फ्लाईदुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल भएपछि केही समय आकाशमै होल्ड भएको थियो। मौसम तत्काल सफा हुने अवस्था नदेखिएपछि जहाजलाई भारतको लखनउतर्फ डाइभर्ट गरिएको थियो। पोखराको मौसममा सुधार आएपछि जहाज शनिबार साँझ ९ बजेर ३३ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको हो। विमानस्थलमा अवतरण गरेपछि जहाजमा आएका यात्रुलाई पोखरामै ओरालिएको छ। त्यसपछि पोखराबाट दुबई… पुरा पढौ

बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पाैडी डुवेर
पोखरा, १७ असोज/ पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । बेगनास तालमा पौडी खेल्ने क्रममा सल्यान घर भई हाल पोखरा–३१ स्थित साङ्ग्रिला होटलमा काम गर्ने २४ वर्षीय नरेश बिक मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बेपत्ता युवकको खोजी तथा उद्धारका लागि प्रहरी, शसस्त्र प्रहरीको टोली परिचालन भएको थियो । टोलीले करिब ७ बजे तालबाट विकलाई मृत फेला पारेको हो । उनको शव पोष्टमार्टका… पुरा पढौ