समाचार

कास्कीमा ३ दशमलब ९० प्रतिशत मत बदर

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी
पोखरा, २३ फागुन/ कास्कीमा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा ३ दशमलब ९० प्रतिशत मत बदर भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा खसेको कुल मत मध्ये ३ दशमलव ९० प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय गण्डकीले जानकारी दिएको छ । २०७९ को निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएकोमा यस निर्वाचनमा कम बदर भएको निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । उनले दुई वटा मात्र मतपत्र हुनु, मतदाता शिक्षा प्रभावकारी हुनु लगाएतका कारणले मत बदर कम भएको बताए । २०७९… पुरा पढौ

कास्कीमा ६१ प्रतिशत मतखस्यो, रातिबाट गणना शुरु हुने, कहाँ कहाँ हुदैछ गणना ?

कास्कीमा ६१ प्रतिशत मतखस्यो, रातिबाट गणना शुरु हुने, कहाँ कहाँ हुदैछ गणना ?
पोखरा, २१ फागुन/ कास्कीमा जारी निर्वाचनमा ६१ दशमलब ३४ प्रतिशत मतखसेको छ । कास्की जिल्लाका तिन वटै क्षेत्रमा १ लाख ८९ हजार २ सय ६७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । १ लाख ३ सय ५ जना महिला, ८८ हजार ९ सय ५९ पुरुष र ३ जना अन्यले मतदान गरेको कार्यालयले जनाएको छ । अभै रुजु गर्ने काम भैरहेका कारण मत प्रतिशत थप घट हुन सक्ने कार्यालयले जनाएको छ । कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५… पुरा पढौ

पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु

पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
पोखरा, २१ फागुन/ पोखरा महानगरपालिका–१७ सितापाइला मार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। ग २६ प ३३६७ नम्बरको स्कुटर चालक पोखरा–१७ घारीपाटन बस्ने १७ वर्षीय रबिन सुनारले स्कुटर चलाउने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर पछाडि सवार मुलकुनाकी १६ वर्षीया जेनिसा क्षेत्री गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक क्षेत्रीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ। स्कुटर तथा चालकलाई प्रहरीले नियन्त्रणमा… पुरा पढौ

कास्कीमा ६० प्रतिशत मतखस्यो, शान्तिपूर्ण रूपमा निर्वाचन जारी

पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी
पोखरा, २१ फागुन/ कास्कीमा जारी निर्वाचनमा ६० प्रतिशत मतखसेको छ । कास्की जिल्लाभर दिऊसो साढे ४ बजे सम्ममा ६० प्रतिशत अर्थात करिब १ लाख ८० हजार मत खसेको निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । अहिले जिल्लामा निर्वाचन प्रक्रिया सौहार्दपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए । कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका छन् । मतदान सम्पन्न भएलगत्तै आजैदेखि मतगणना कार्य सुरु गरिने तयारी गरिएको… पुरा पढौ

पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी

पोखरा एक केन्द्रमा शत प्रतिशत मत खस्यो, कास्कीमा २० प्रतिशत, शान्तिपूर्ण रूपमा निर्वाचन जारी
पोखरा, २१ फागुन/ कास्की कारागारमा शत प्रतिशत मतदान भएको छ भने कास्की जिल्ला भर २० प्रतिशत मत खसेको छ । अस्थायी मतदान केन्द्र रहेको ३७ जना कैदीबन्दीले मताधिकार प्रयोग गरेका छन् । मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो । कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्रै मतदान गरेका हुन् । कास्की जिल्लाभर विहान ११ बजे सम्म २० प्रतिशत… पुरा पढौ

पोखराको लेकसाइडमा ३ घण्टादेखि बम भनेर तर्साएको झोला

पोखराको लेकसाइडमा ३ घण्टादेखि बम भनेर तर्साएको झोला
पोखरा / पोखराको लेकसाइडमा भेटिएको शंकास्पद बस्तु भनिएको झोलामा कृत्रीम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भेटिएको छ । करिव ३ घण्टासम्म शंकास्पद बस्तु भनेर स्थाीय त्रसित भएका थिए । नेपाली सेना आएर डिस्पोजका क्रममा सिमोन सहितको नाइट्रोजन भेटिएको हो । डिस्पोजकै क्रममा भिडियो भाइरल भएपछि झोलाका धनी सोही ठाउँमा आइपुगेका थिए । एक ब्यक्तिले करिब ११ बजे झोला राखिदिन भन्दै टेलर्समा राखेका थिए । उनी निस्किने बित्तिकै झोलाबाट धुवाँसहित गन्ध आएपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी… पुरा पढौ

मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल तर्फ

मतदानका लागि आवश्य सामग्री बोकेर मतदान स्थल तर्फ
पोखरा, १८ मंसिर/ फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आवश्यक पर्ने सामग्रीहरू कास्कीका मतदान स्थलमा लगिएका छन् । कास्कीका दुर्गम ठाउँहरूमा आइतबार नै लगेका थिए भने नजिकका क्षेत्रमा सोमबार लगेका छन् । निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले मतदानका सामग्री हस्तान्तरण गरी पठाएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए । उनले आज नै सबै जना मतदानस्थलमा पुगेर सूचना निकाल्ने काम गर्ने गरेको बताए । उनले निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएको छ । निर्वाचनकाका लागि… पुरा पढौ

कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वटा गाडीमा तोडफोड

कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वटा गाडीमा तोडफोड
पोखरा, १४ फागुन/ कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वटा गाडी तोडफोड भएको छ । एमाले कास्की क्षेत्र नं १ का उमेदवार बैन बहादुर क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएका २ वटा गाडी तोडफोड भएको हो । मादी गाउपालिका वडा नं ११ उपल्लो साप्लेमा गाडी तोडफोड भएको हो । ढुङ्गा प्रहारबाट गाडीका शिशा फुट्नुको साथै गाडीमा सामान्य क्षति भएको छ । ग ४ प १०१५ नम्बरको हाइलेण्डर र बा ९ च ८९२८ नम्बरको फर्चुनर गाडी तोडफोड भएको हो ।… पुरा पढौ

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज सिल्वाल अनुभव सुनाउदै पोखरा

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज शिल्वाल अनुभव सुनाउदै पोखरा
पोखरा, १२ फागुन/ अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज सिल्वालले पोखरामा आफ्नो अनुभव सुनाएका छन् । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुलाई आफ्नो अनुभन सुनाए । नेपाली खानाको स्वादलाई अन्तर्राष्ट्रियमा प्रचार प्रसार उनी लागेका छन् । कतारको दोहा स्थित प्रतिष्ठित लक्जरी होटल राफलमा प्रमुख शेफका रुपमा काम गर्दै आएका छन् । उनकै नेतृत्वमा होटलले विश्व प्रसिद्ध मिशेलिन स्टार १ पाएका छ । विश्वस्तरीय किचेनमा काम गर्दै आएका उनले नेपाली स्वाद र आधुनिक पाक–प्रविधिबीच सन्तुलन गर्दै नेपाली खानालाई… पुरा पढौ

पोखराबाट काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २८ जना घाइते (नाम सहित)

धादिङमा दुर्घटना
पोखरा, ११ फागुन/ पोखराबाट काठमाडौं जादै गरेको माछापुच्छ्रे ट्राभल्सको बस दुर्घटनामा १७ मृत्यु, २८ घाइते, जम्मा यात्रु ४६, पोखराबाट चढेको ४३, मुग्लिनबाट चढेका २ वा ३ यकिन नभएको घाइतेको विवरण पुरा पढौ

This will close in 10 seconds