पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की

-


     क्लिक गण्डकी     
     असार ४ गते २०८३ मा प्रकाशित


पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की

पोखरामा चोरी गर्न काठमार्डौबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी भयो – एसपी कार्की

पोखरा, ४ असार/ पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौंबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपि नबिन कार्कीले बताएका छन् । शान्ति सुरक्षा सम्बन्धी अन्तक्रिया तथा नागरि सुनुवाई कार्यक्रममा एसपि कार्कीले पछिल्लो समय पोखरामा भएका ठुलाचोरीहरुमा काठमाडौंबाट चोरहरु आएको बताए ।

नुवारथोक टोलविकास सस्था पोखरा ७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका पोखरा ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको बताएका थिए । एसपी कार्कीले पोखरामा पछिल्ला चोरीको सिलसिला हेर्दा काठमाडौंबाट पोखरा आउने पोखरामा चोरी गर्ने र फेरी काठमाडौं फर्किने गरेको बताए ।

उनले चोरीको नयाँ टेण्डन आए सगँ प्रहरीलाई अनुसन्धान गर्न धेरै समय लाग्ने गरेको बताए । उनले सुरक्षाको पहिलो प्रहरी स्वयम आफै भएको बताउदै स्थानीयहरु आफु पनि सचेत रहन आग्रह गरे । टोलमा सिसि क्यामेरा जडान गर्न, बत्ति राख्न पोखरामा स्थानीयहरु नै लाग्ने गरेको उनको भनाई छ ।

कार्कीले पोखरामा एउटै घरबाट ५० तोला सुन चोरी भएको बताउदै ठुलो मात्रामा सुन भए घरमा नराख्न अनुरोध गरे । उनले सुनलाई लक्करमा राख्न सुझाब दिए । एसपि कार्कीले महिलाहरुलाई पनि धेरै सुन लगाएर बाहिर ननिस्कन अनुरोध गरे । पछिल्लो समय सुनको मुल्य बढे बहुमल्य धातु भएको भन्दै चोरी गर्नेहरुको ध्यान सुन तर्फ गएको बताए । सुनले गर्दा ज्यानै जाने खतरा हुन सक्ने उनको भनाई छ ।

कार्यक्रममा पोखरा ७ वडा अध्यक्ष राममोहन आचार्यले पोखरा महानगरपालिका वडाहरुलाई उज्यालो वडा बनाउन आफुहरु लागि परेको बताए । उनले वडाका मुख्य चोक चोकमा सिसि क्यामेरा जडान गर्ने लक्ष्य महानगरले अगाडी बढाएको बताए । उनले चोरीलाई रोक्नका लागि स्थानीयहरु नै लाग्नु पर्ने बताउदै आफ्नो टोलमा बेला बेलामा गस्ति गर्नु पर्ने बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईले आफ्नो टोलमा नयाँ मानिस आएमा त्यसको निगरानी राखेर प्रहरीलाई खबर गर्नु पर्ने बताए । शान्ति सुरक्षा कायम राख्न प्रहरी र समुदाय मिलेर अगाडी बढ्नु पर्ने उनको भनाई थियो । उनले घरमा सिसि क्यामेरा, अटोमिटक लाईट लगाएत जडान गर्नु पर्ने बताए । उनले घर छाडेर बाहिर जाँदा छिमेकीलाई घर हेर्नका लागि भन्नुपर्ने उनको भनाई छ । धेरैले घरको दराजको घर्रामा गरगहना राख्ने गरेको बताउदै त्यसो गर्दा चोरीको सम्भावना बढि हुने गरेको बताए ।

कार्यक्रममा स्थानीयले टोलटोलमा गस्ति बढाउन, सिसि क्यामेरा, सडक बत्ति जडान गर्न, लागू औषधमा लागेकालाई नियन्त्रण गर्न, बिहान, साझँ महिलाहरु हिड्न सहज वातावरण बनाउन सुझाब दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बराल, नुवारथोक टोलविकास समिति पोखरा ७ का अध्यक्ष दामोदर बराल लगाएतले समाजमा शान्ति सुरक्षा कायम राख्न, चोरी हुन नदिन समुदाय र प्रहरी सगँसगैँ अगाडी बढ्नु पर्ने बताए ।