शिक्षा

मदरल्याण्डका अमृत आइओई प्रवेश परीक्षामा दोस्रो हुन सफल, विद्यालयद्वारा बधाई तथा सम्मान

मदरल्याण्डका अमृत आइओई प्रवेश परीक्षामा दोस्रो हुन सफल, विद्यालयद्वारा बधाई तथा सम्मान
पोखरा, २० साउन / मदरल्याण्ड माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीले इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षामा पाएको सफलतासँगै बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पोखरा–७, मासबारस्थित मदरल्याण्डबाट हालै कक्षा १२ उत्तीर्ण भएकाहरुमध्ये अमृत तिमिल्सिनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) तथा काठमाडौं विश्वविद्यालयको कुक्याट प्रवेश परीक्षामा दोस्रो स्थानमा नाम निकाल्न सफल भएका छन् । मंगलबार प्रकाशित आइओई प्रवेश परीक्षाको नतिजामा मदरल्याण्डका अमृतसहित २८ जना विद्यार्थी उत्कृष्ट १०६५ स्थानसम्म पर्न सफल भएका छन् । त्यसैगरी, गत साता प्रकाशित कुक्याटतर्फ अमृतसहित ९… पुरा पढौ

पोखरामा काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेज सञ्चालन

पोखरामा काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेज सञ्चालन
बीआईटीमा ‘सिक्दै कमाउँदै’ मोडल लागू हुने पोखरा, १० साउन/ पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा भित्र्याउँदै कलेजले विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीलाई जोड्ने ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालक तथा केयूका प्रतिनिधिले कार्यक्रमबारे विस्तृत जानकारी गराएका हुन् । पहिलो शैक्षिक सत्रका लागि केयूले निर्धारण गरेको… पुरा पढौ

मदरल्याण्ड मावि इन्जिनियरिङ र आइटी क्वीजमा देशभरिमै च्याम्पियन

मदरल्याण्ड मावि इन्जिनियरिङ र आइटी क्वीजमा देशभरिमै च्याम्पियन
पोखरा, ५ साउन /मदरल्याण्ड माध्यमिक विद्यालय पिइए इन्जिनियरिङ तथा आइटी क्वीज–२०२६ मा च्याम्पियन बनेको छ । देशभरबाट फाइनलका लागि छानिएका ४८ टिममध्ये उत्कृष्ट प्रदर्शन गर्दै मदरल्याण्ड प्रथम भएको हो । मदरल्याण्डको टिमबाट प्रथम हुनेमा विद्यार्थी अर्मन गिरी र सुवाश पोखरेल हुन् । पोखरा–७, मासबारस्थित मदरल्याण्डले विगतमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएकोमा यसपालि पुनः च्याम्पियन बन्न सफल भएको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । उनका अनुसार सन् २०२३ मा पनि मदरल्याण्ड राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो । शैक्षिक सहित अतिरिक्त… पुरा पढौ

पोखरामा प्रतिभा बिजनेस स्कुल, बिआइटीको सुरुआत

पोखरामा प्रतिभा बिजनेस स्कुल, बिआइटीको सुरुआत
पोखरा, १६ असार/ पोखराको प्रतिभा फाउण्डेसनले प्रतिभा बिजनेस स्कुल सञ्चालनमा ल्याउन लागको छ । पोखरा–४, गैह्रापाटनस्थित स्कुलले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) कोर्सको पठनपाठन सुरु गर्न लागेको हो । गुणस्तरीय सूचना प्रविधि शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी काठमाडौं वा विदेश जान बाध्य रहेको अवस्थामा अब गण्डकी प्रदेश तथा आसपासका विद्यार्थीले बिआइटी कार्यक्रम अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् । काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्ड अनुरूप आधुनिक शिक्षण प्रणाली अवलम्बन गरिने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यो कोर्स ४… पुरा पढौ

३२ वर्ष शिक्षणपछि भावुक बिदाइः विद्यालयको चौरमा ढोग गर्दै अवकाश, विद्यार्थीले बाजागाजासहित घरसम्म पुर्‍याए

३२ वर्ष शिक्षणपछि भावुक बिदाइः विद्यालयको चौरमा ढोग गर्दै अवकाश, विद्यार्थीले बाजागाजासहित घरसम्म पुर्‍याए
पोखरा, १२ असार/ पोखरा महानगरपालिका–२३ माझथुमस्थित सिद्ध वराह माध्यमिक विद्यालयमा ३२ वर्षसम्म अध्यापन गरेका शिक्षक तुलसी प्रसाद भण्डारीले अनिवार्य अवकाश ग्रहण गर्दै विद्यालयसँग भावुक बिदाइ लिए । तीन दशकभन्दा लामो समय शिक्षा सेवामा समर्पित भण्डारीले विद्यालयबाट विदा हुने क्रममा विद्यालयको चौरमा ढोग गर्दै आफ्नो सम्मान र भावनात्मक सम्बन्ध व्यक्त गरे । त्यसपछि विद्यार्थीहरूले बाजागाजासहित भण्डारीलाई सम्मानपूर्वक घरसम्म पुर्‍याएका थिए। बिदाइ समारोहमा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीसमेत भावुक बनेका थिए। अवकाशका अवसरमा भण्डारीले विद्यालयका घण्टी, कक्षाकोठाका अविस्मरणीय क्षण, विद्यार्थीहरूको माया र… पुरा पढौ

कक्षा १२ को नतिजामा मदरल्याण्डका ११ जना विद्यार्थीलाई ३.९६ जिपिए

कक्षा १२ को नतिजामा मदरल्याण्डका ११ जना विद्यार्थीलाई ३.९६ जिपिए
पोखरा, ५ जेठ/ राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनीक गरेको कक्षा १२ नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाका नतिजामा मदरल्याण्ड माबि पोखरा ७ मासबारका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन् । परीक्षामा संलग्न ४०७ विद्यार्थी मध्ये १० जना विज्ञान र १ जना व्यवस्थापनका विद्यार्थीले ३.९६ जिपिए ल्याएका हुन् । त्यसै गरी २०८ जनाले ३.६० भन्दा माथीको जिपिए, १४३ जनाले ३.२० देखी ३.६० सम्म, ४६ जनाले २.८० देखी ३.२० सम्म… पुरा पढौ

एसइईमा पोखराको मदरल्याण्डका १२ जनाको ४.० जिपिए

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना
पोखरा, २९ वैशाख/ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले यस वर्ष १२ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् ।सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा मदरल्याण्डबाट अहिलेसम्मकै धेरै १२ जनाले उच्चतम ४.० जिपिए ल्याउन सफल भएका हुन् । २०८१ सालमा ११ जना र २०८० सालमा १० जनाले ४.० जिपिए आएको थियो । यसपालिको एसइईमा विद्यालयका १ सय ६३ जना सम्मिलित भएका थिए । तीमध्ये ३.६ देखि ४.० जिपिएसम्म आउने मात्रै १ सय २४ जना छन् । यसैगरी, ३.२० देखि ३.६० जिपिएसम्म आउने… पुरा पढौ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ
पोखरा, २६ वैशाख/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो । विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । यो बेला विद्यार्थी फुर्सदिलो बनेको र उनीहरुलाई यस्ता कार्यक्रममार्फत अध्ययनमा सक्रिय बनाउन सकिने उनले बताए ।आचार्यका अनुसार प्रतियोगितामा विभिन्न… पुरा पढौ

पायोनिअर विद्यालय गण्डकीकै उत्कृष्ट

पायोनिअर विद्यालय गण्डकीकै उत्कृष्ट
स्याङ्जा, १६ वैशाख / स्याङ्जाको वालिङमा संचालिक पायोनिअर एजुकेसन एकेडेमी (मावि) गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । प्राविधिक शिक्षाअन्तर्गत हेल्थ असिस्टेन्ट विषयमा पायोनिअर विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो । गएको भदौमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेको परीक्षामा ३२ जनामध्ये ३१ जना उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले जानकारी दिए । प्रतिशतका आधारमा झण्डै ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जनाए । उत्कृष्ट नतिजाले शैक्षिक गुणस्तर, वातावरण र प्राविधिक शिक्षाप्रति विद्यालयको मिहिनेतलाई प्रमाणित गरेको गैह्रेले… पुरा पढौ

गण्डकीमा एसईई २०८२ः ४३ हजार बढी विद्यार्थी सहभागी, कास्कीबाट सबै भन्दा धेरै

गण्डकीमा एसईई
चैत १९ गते देखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४… पुरा पढौ