पोखरामा प्रतिभा बिजनेस स्कुल, बिआइटीको सुरुआत

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८३ मा प्रकाशित


पोखरामा प्रतिभा बिजनेस स्कुल, बिआइटीको सुरुआत

पोखरामा प्रतिभा बिजनेस स्कुल, बिआइटीको सुरुआत

पोखरा, १६ असार/ पोखराको प्रतिभा फाउण्डेसनले प्रतिभा बिजनेस स्कुल सञ्चालनमा ल्याउन लागको छ । पोखरा–४, गैह्रापाटनस्थित स्कुलले ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) कोर्सको पठनपाठन सुरु गर्न लागेको हो ।

गुणस्तरीय सूचना प्रविधि शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी काठमाडौं वा विदेश जान बाध्य रहेको अवस्थामा अब गण्डकी प्रदेश तथा आसपासका विद्यार्थीले बिआइटी कार्यक्रम अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं विश्वविद्यालयको शैक्षिक मापदण्ड अनुरूप आधुनिक शिक्षण प्रणाली अवलम्बन गरिने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यो कोर्स ४ वर्ष (८ सेमेस्टर) को हुनेछ । पहिलो सेमेस्टरमा ३० विद्यार्थी भर्ना लिइनेछ । भर्ना तथा मासिक शुल्कसमेत गरी ४ वर्षको ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ । भर्नाका लागि ९ जुलाइसम्म अनलाइन प्रवेश परीक्षा फाराम भर्नुपर्ने कलेजले जनाएको छ ।

फाउण्डेसन अध्यक्ष नारायण पौडेलले प्रतिभा बिजनेस स्कुलको थालनी गण्डकी प्रदेशको उच्च शिक्षाको विकास र सूचना प्रविधि शिक्षाको विस्तारका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताए । ‘

विगतमा गण्डकी बोर्डिङ स्कुल र जीसीईएसको प्राचार्यका रुपमा एक दशक बढीको अनुभव बटुलेका रविप्रसाद बराल प्रतिभा बिजनेस स्कुलका प्राचार्य हुन् । प्रतिभा बिजनेस स्कुलका प्राचार्य बरालले गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन, अनुसन्धान, नवप्रवर्तन र उद्योगसँगको सहकार्यलाई प्राथमिकतामा राखेर विद्यार्थीको समग्र विकासमा केन्द्रित रहने पत्रकार सम्मेलनमा बताए ।

आगामी ५ वर्षभित्र एलएलबी र बिबिएका कक्षा पनि थप गर्ने योजना रहेको उनले जानकारी दिए । प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आजको विश्व डिजिटल प्रविधिबाट सञ्चालित रहेको बताए । उनका अनुसार प्रयोगात्मक कक्षा, परियोजनामूलक सिकाइ, उद्योगसँगको सहकार्य, अनुसन्धान तथा इन्टर्नसिपमार्फत विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रका लागि तयार गरिनेछ ।