खेलकुद

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि
पोखरा, ३१ जेठ/ शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८,… पुरा पढौ

पुलिस र एपिएफ पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा

पुलिस र एपिएफ पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा
पोखरा, ३० जेठ/ दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी वलको एपिएफ क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा सम्पन्न भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुबै टोलीले उपाधिको लागि शनिबार फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका हुन् । पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लव माथि सोझो तीन सेटमा सहज जित दर्ता गर्यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा
पोखरा, २९ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबलमा एपिएफ र एभेरेष्ट भलिबल क्लब सेमिफानलमा प्रबेश गरेका छन् । एभेरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई र स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा बिहीबार भएको पोल ‘ए’ को अन्तिम खेलमा एपिएफले रामुपरमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एपिएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोट्र्स क्लबसँग खेल्ने… पुरा पढौ

प्रचण्ड कप भलिबलः पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

भलिबल
पोखरा, २८ जेठ/ पोखरा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल कप प्रतियोगितामा न्यु डायमण्ड र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश गरेका छन् । टिप टप न्यु डायमण्डले गण्डकी प्रदेश र नेपाल पुलिसले रामपुरलमाथि सहज जित निकाल्दै प्रचण्ड कपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न पोल ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । रामपुरलाई २५–७, २५–९ र २५–९ अंकले हरादै पुलिस पोल ‘ए’ को विजेता बन्यो । पुलिसले उद्घाटन खेलमा… पुरा पढौ

पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल सुरु, पुलिस र न्यू डायमण्डको विजयी सुरुआत

पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल सुरु, पुलिस र न्यू डायमण्डको विजयी सुरुआत
पोखरा, २७ जेठ / पोखरामा आजदेखी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै विजयी सुरुआत गरेको छ । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लब विजयी भयो । पहिलो खेलमा पुलिसले २५–२१, २७–२५ र २५–१७ ले खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यसैगरी दोस्रो खेलमा टिप टप न्यू डायमण्ड क्लबले एभरेष्ट क्लबलाई २५–११, २५–१८ र… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम
पोखरा, २५ जेठ/ सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो… पुरा पढौ

पोखरा १७ छहारी टोल विकास संस्थाको सडक दौड जेठ २४ गते

पोखरा १७ छहारी टोल विकास संस्थाको सडक दौड जेठ २४ गते
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्वर १७ छहारी टोल विकास संस्थाको आयोजनामा जेठ २४ गते सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । टोल विकास संस्थाको आयोजनामा हुने सडक दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । प्रतियोगितामा तीन किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौड, टोल सुधार समिति, युवा क्लबको खुल्ला पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने उनले जानकारी दिए । विद्यालयस्तरीयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी… पुरा पढौ

अन्तर विद्यालय छात्र टि–२० क्रिकेट- प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा

एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप ः प्रतिभा मावि र रत्न ज्योति सेमीफाइनलमा
पोखरा, २२ जेठ/ पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा प्रतिभा मावि र रत्न ज्योति सेकेण्डरी स्कुल सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी प्रतियोगितामा दुबै टिम समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् । समूह सी अन्तर्गत बुधबार भएको प्रतियोगितामा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह बिजेता बनेर सेमीफाइनल यात्रा सुनिश्चित गरेको थियो । लगातार तीन खेल जितेको प्रतिभा सहजै सेमीफाइनलमा प्रवेश… पुरा पढौ

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिम साता

पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिम साता
पोखरा, २१ जेठ/ जेठ अन्तिम साता पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुदैंछ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी भएको हो । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहने नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोईरालाले जानकारी दिए । उनले पोखरालाई खेलकुदको शहर तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र पोखरा भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न… पुरा पढौ

अम्मरसिंहलाई अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी

अम्मरसिंहलाई अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी
पोखरा, २० जेठ/ पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा सम्पन्न पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधी अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो । छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस… पुरा पढौ