खेलकुद

विश्व पर्यटन दिवसमा पोखरा भुटानको राष्ट्रिय क्रिकेट टोलीको अभ्यास खेल

विश्व पर्यटन दिवसमा पोखरा भुटानको राष्ट्रिय क्रिकेट टोलीको अभ्यास खेल
पोखरा, ५ असोज/ विश्व पर्यटन दिवसको अवसर पारेर पोखरामा भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोलीले चार वटा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा आईसीसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीमा रहेको भुटानको टोलीले खेल्न लागेको हो । पोखरामा चारवटा अभ्यास खेल खेल्ने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । असोज ११ र १२ मा पोखरा क्रिकेट मैदानमा गण्डकी प्रदेश क्रिकेट टोली र भुटान राष्ट्रिय टोलीबीच… पुरा पढौ

पोखरामा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने

पोखरामा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने
पोखरा, ५ असोज/ पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतियोगितामा सहभागिता रहने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए… पुरा पढौ

तेस्रो पर्वतीय दौड प्रतियोगिताका लागि फाराम खुला

पोखरा, २ असोज/ पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा यही असोज २४ गते आयोजना हुने पर्वतीय दौड प्रतियोगिता २०८३ मा सहभागी हुन चाहने धावकका लागि अनलाइन दर्ता फाराम खुला भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले पोखरा क्लिक डटकममा गएर अनलाइनमार्फत फाराम भर्न सक्ने प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । प्रतियोगितामा विदेशी धावकसहित बढीमा ३ सय जनालाई मात्र सहभागी गराइने उहाँले बताउनुभयो । संयोजक बरालले अन्य दौड प्रतियोगिता भन्दा पुम्दी–भुम्दी पर्वतीय दौड केही फरक रहेको बताउनुभयो । ग्रामीण परिवेशमा रहेको पुम्दी–भुम्दी क्षेत्रका… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई प्रदान

सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई प्रदान
पोखरा, ३० भदौ/ सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् । क्लब २८ औँ वार्षिकोत्सव तथा साधारणसभामा पराजुलीलाई नगद ३० हजार ५ सय रुपैयाँ ५५, दोसल्ला, सम्मानपत्रले सम्मान गरेको छ । पराजुलीलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशबहादुर थापा र हिमश्री फुड्सका निर्देशक प्रकाश केसी लगाएतले सम्मान गरे । कार्यक्रममा क्लबका सदस्यहरूमध्येबाट सिद्धान्त थापामगरलाई ‘सहारा उत्कृष्ट सदस्य–२०८२’ बाट सम्मान गरिएको छ… पुरा पढौ

पोखरामा ग्याँस अभाव, उपभोक्तालाई सास्ती, भरि सिलिण्डर वितरणको माग

पोखरामा ग्याँस अभाव, उपभोक्तालाई सास्ती, भरि सिलिण्डर वितरणको माग
पोखरा, २५ असार/ पोखरा सहित कास्कीका केही क्षेत्रमा खाना पकाउने एलपी ग्याँसको अभाव भएका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ । आधा परिमाण (७.१ केजी) ग्याँस भरेर सिलिण्डर वितरण गर्ने व्यवस्था लागू भएपछि बजारमा सिलिण्डरको संख्या बढे पनि ढुवानी, वितरण र व्यवस्थापनमा समस्या देखिएको व्यवसायीहरूको भनाई छ । उपभोक्ताले भने केही पसलमा ग्याँस पाइए पनि नियमित रूपमा नदिइने, आज–भोलि भन्दै फर्काइने तथा प्राथमिकताका आधारमा वितरण गरिने गुनासो गरेका छन् । बजारमा ग्याँसको माग बढेसँगै आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्णयअनुसार… पुरा पढौ

पोखरामा जेष्ठनागरिकका लागि “वाकिङ फुटबल”

पोखरामा जेष्ठनागरिकका लागि “वाकिङ फुटबल”
पोखरा, ९ जेठ/ उमेरले ७० काटि सक्यो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता झल्कियो । त्यही आत्मियता झल्काउने फुटबल प्रतियोगितालाई पोखरामा भयो । त्यसको नाम थियो “वाकिङ फुटबल” । सधैं उमेर समूहले मात्रै प्रतिस्पर्धा गर्ने फुटबल पोखराको मालेपाटनमा भने ७० वर्षदेखि ९२ वर्ष उमेर पुरा गरेको पाकाले खेले । उमेरमा… पुरा पढौ

छैटौं अन्नपूर्ण म्याराथन जेठ २० गते, १३ देशका खेलाडी सहभागी हुदै

छैटौं अन्नपूर्ण म्याराथन जेठ २० गते, १३ देशका खेलाडी सहभागी हुदै
पोखरा, ५ जेठ/ साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति कास्कीले जेठ २० गते अन्नपूर्ण म्याराथनको छैटौं संस्करण गर्ने तयारीमा जुटेको छ । समितिले मौरिस हर्जोग (फ्रान्सेली पर्वतारोही) ले अन्नपूर्ण हिमाल आरोहणको अवसरमा जेठ २०(जून ३) मा वर्षेनी म्याराथन आयोजना गर्दै आएको छ । अन्नपूर्ण आधारशिविर (एबीसी) बाट शुरु भई दौड माछापुच्छ«े आधार शिविर, बगर,देउराली, हिन्कु केभ, हिमालय, दोभान, बाम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाडाँ, किम्रोनखेल, उरी हुदैं घान्द्रुक आईपुग्ने छ । दौडमा १३… पुरा पढौ

१० औं पोखरा स्पोर्ट्स अवार्डः प्रदीप र नारायणी वर्ष खेलाडी

१० औं पोखरा स्पोर्ट्स अवार्डः प्रदीप र नारायणी वर्ष खेलाडी
पोखरा, ३१ वैशाख /नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको १० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् । पोखरामा बिहीबार भएको कार्यक्रममा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ नारायणी भण्डारी सर्वोत्कृष्ट भएका हुन् । वर्ष उत्कृष्ट पुरुष खेलाडीले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फको विधाको मनोनयनमा विजेता खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए । भने महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका… पुरा पढौ

दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ः वर्ष महिला खेलाडी को बन्ला ?

दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ः वर्ष महिला खेलाडी को बन्ला?
पोखरा, २९ बैशाख/ दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट… पुरा पढौ

उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
पोखरा, २८ वैशाख / पोखराले नेपाली खेल इतिहासमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको छ । यही गौरवशाली विरासतलाई अगाडि बढाउने क्रममा अहिले युवा खेलाडीहरुको एउटा यस्तो पुस्ता मैदानमा देखिएको छ, जसले आफ्नो कलिलो उमेरमै ठूला–ठूला सफलताको जग बसालिसकेका छन् । खेलप्रतिको अगाध प्रेम, नियमित प्रशिक्षण, अनुशासन र राष्ट्रको झण्डा फहराउने दृढ संकल्प बोकेका यी खेलाडीहरू यतिबेला नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएका छन् । यसै सन्दर्भमा, पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान खेलाडी’ (इमर्जिङ प्लेयर) विधाको… पुरा पढौ