खेलकुद

मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

फुटबल
पोखरा, ८ चैत/ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले सिंगापुरलाई हराउदै ऐतिहासिक जित निकालेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले पराजित गरेको हो । नेपालको जितमा जिलेप्सीजंग कार्कीले निर्णायक गोल गरे । कार्कीले खेलको १२औं मिनेटमा मनिष डाँगीको क्रसमा पेनाल्टी बक्सबाट गोल गरेका हुन् । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक सिंगापुरलाई पराजित गरेको हो । अब नेपालले एसिया कप छनोटको तेस्रो चरणमा मलेसियासंग खेल्नेछ । पुरा पढौ

वडाध्यक्ष कप भलिबलको उपाधि पोखरा–१६ लाई

वडाध्यक्ष कप भलिबलको उपाधि पोखरा–१६ लाई
पोखरा, २५ फागुन/ पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले उचालेको छ । मनोहर युवा क्लवको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो । जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।… पुरा पढौ

पोखरा–१४ को आयोजनामा वडाध्यक्ष कप भलिबल प्रतियोगिताको सुरु

पोखरा–१४ को आयोजनामा वडाध्यक्ष कप भलिबल प्रतियोगिताको सुरु
पोखरा, २२ फागुन/ पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडानम्बर १४ को मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । पहिलो दिन सम्पन्न ४ खेलबाट वडानम्बर १५ ९रातो०, वडानम्बर १३, वडानम्बर २३ र वडानम्बर १६ ले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्याटन खेलमा वडानम्बर १३ ले विजयी सुरुवात गरेको छ । १३ ले वडानम्बर १५… पुरा पढौ

पोखरा महानगर दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेटमा कास्की क्रिकेट बिजयी

पोखरा महानगर दोश्रो अन्तर क्लब पुरुष टि–२० क्रिकेटमा कास्की क्रिकेट बिजयी
पोखरा, २० फागुन/ पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आजदेखि लेखानाथस्थित ईडेन हेभेन क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लवलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो… पुरा पढौ

पोखरा १३ आर्वामानवदुर्गा कप भलिबल प्रतियोगिता हुने

पोखरा १३ आर्वामानवदुर्गा कप भलिबल प्रतियोगिता हुने
पोखरा, १९ फागुन/ नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा तेस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ चैत ३० देखि वैशाख १ सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले जानकारी दिए । रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ४५ हजार र ३० हजार नगद, मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए । चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता… पुरा पढौ

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको उपाधि गलकोटलाई, महिला तर्फको शान्ता ट्रेनिङलाई

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता ट्रेनिङलाई
पोखरा, १८ फागुन/ माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत वनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त वुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त ग¥यो… पुरा पढौ

पोखरा जारी एकदिवसीय क्रिकेटः पर्वत १० विकेटले पराजित

पोखरा जारी एकदिवसीय क्रिकेटः पर्वत १० विकेटले पराजित
पोखरा, १५ फागुन/ कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच भए… पुरा पढौ

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
पोखरा, ६ फागुन/ हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की… पुरा पढौ

हिसान फुटसलमा कास्की मोडनाइज, गुरुकुल फाइनलमा, कलेज तर्फ पिसिएम र इन्फोम्याटिक्स

हिसान फुटसलमा कास्की मोडनाइज, गुरुकुल फाइनलमा, कलेज तर्फ पिसिएम र इन्फोम्याटिक्स
पोखरा, ६ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् । स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ… पुरा पढौ

हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश

हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पोखरा, ५ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्यासदन र अरनिको बोडिङ स्कुल तनहुँ सेमिफाइन प्रबेश गरेका छन् । सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइन प्रबेश ग¥यो । निधारी समयमा दुबै तर्फबाट तीन/तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले… पुरा पढौ