खेलकुद

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’, दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन

प्रतिभा माविले बनायो क्रिकेटको ‘प्राक्टिस नेट’, दीपेन्द्र सिंह ऐरीद्वारा उद्घाटन
पोखरा, ३० असार/ प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतबार उक्त प्राक्टिस नेटको उद्घाटन गरेका छन । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ । जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन । ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ । त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ । विद्यार्थीले… पुरा पढौ

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान
पोखरा, २१ असार/ गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको… पुरा पढौ

नुनको मूल्य बढ्यो

नुनको मूल्य बढ्यो
पोखरा, १८ असार/ साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य २६ रुपैयाँ प्रतिकेजी पुगेको छ । थोक मूल्य प्रतिकिलो मूल्य २३ रुपैयाँ पु¥याइएको छ । न्यु शक्ति नुनको किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ । पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण

पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण
पोखरा, १८ असार/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल… पुरा पढौ

जिम्न्याष्टिक प्रतियोगितामा कास्की च्याम्पियन

पोखरा, १६ असार / तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ प्रथम हुदै कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको हो । पुरुष तर्फ कास्की प्रथम हुदा कान्तिपुर जिम्न्याष्टिक क्लव दोस्रो र पर्वत जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए । त्यसैगरी महिला तर्फ कास्की जिल्ला जिम्न्याष्टिक संघ प्रथम, अञ्जुली जिम्न्याष्टिक क्लव दोस्रो र स्या∙जा जिल्ला… पुरा पढौ

पोखरा १३ लाई हेमजा भेट्रान्स कप फुटबलको उपाधि

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि
पोखरा, ७ असार/ हेमजा भेट्रान्स कप फुटबलको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेता बन्यो । खेलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा नम्बर १२ ले उप–विजेतामा नै चित्त बुझायो । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५… पुरा पढौ

दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई
पोखरा, २ असार/ पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो । उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन
पोखरा, ३१ जेठ/ गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते । कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण,… पुरा पढौ

दोस्रो मदरल्याण्ड एसईई कप फुटसल बिहीबार देखी

दोस्रो मदरल्याण्ड एसईई कप फुटसल बिहीबार देखी
पोखरा, ३० जेठ/ पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविमा बिहीबार देखी हुने एसईई कप फुटसल प्रतियोगिता तयारी पुरा भएको छ । तीन दिन सम्म चल्ने प्रयितोगितामा ७२ टिमले भाग लिएको विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्यले जानकारी दिए ।प्रतियोगितामा विभिन्न निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थी टिम बनाएर सहभागि छन् । फुटसल प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी उपविजेताले नगद २० हजार, तेस्रो हुनेले नगद १० हजार… पुरा पढौ

यू– १५ विद्यालय खेलकुदमा बुद्धिचाल प्रतियोगिता शुरु

यू– १५ विद्यालय खेलकुदमा बुद्धिचाल प्रतियोगिता शुरु
पोखरा, ३० जेठ/ यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्र्तगत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्र्तगत बुद्धिचाल बुधबारबाट शुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालराम पुनले जानकारी दिए । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज… पुरा पढौ