खेलकुद

२३औ आहारारा गोल्ड कपमा १५ लाख बढि घाटा

त्रिभुवन आर्मी क्लब पाँचौ पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, २७ भदौ/ सहारा क्लब पोखराले गत माघमा आयोजना गरेको २३ औँ संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ । क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार रुपैयाँ घाटा भएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । उनले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए । प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताए । प्रतियोगितामा ९९ लाख ९५ हजार आम्दानी भई १ करोड १५ लाख ३३ हजार… पुरा पढौ

जर्मनमा हुने प्याराग्लाइडिङ वल्डकपमा पोखराका अञ्जन कुँवर

जर्मनमा हुने प्याराग्लाइडिङ वल्डकपमा पोखराका अञ्जन कुँवर
पोखरा, २७ भदौ/ जर्मनमा बिहीबार देखि सुरु हुने प्याराग्लाइडिङ एकुरेसी वल्डकप फिनालेमा पोखराका अञ्जन कुँवर नेपालको तर्फबाट सहभागी हुदै छन् । सेप्टेम्बर १२ देखि १५ सम्म हुने एकुरेसी वल्डकप फिनालेमा कुँवरले नेपालको झण्डा जर्मनको आकाशमा फरफराउँदै प्रतिस्पर्धा गर्ने छन् । प्याराग्लाइडिङ एकुरेशी वल्डकप फिनालेमा पुरुष तर्फको प्रतिस्पर्धामा अमेरिका, जर्मन, युएइ, भारत, बेलायत, स्पेन, चाइना लगायत ४७ देशका १०२ जनाबीच प्रतिस्पर्धा हुने छ । महिला तर्फको प्रतिस्पर्धामा २३ जनाले प्रतिस्पार्धा गर्ने आयोजक संस्थाको अनलाइनमा पोर्टलमा उल्लखे गरिएको छ । कुँवरले आप्नै… पुरा पढौ

इन्टर रिकभरिङ फुटसलः पोखरा फेलोसिप च्याम्पियन

इन्टर रिकभरिङ फुटसलः पोखरा फेलोसिप च्याम्पियन
पोखरा, २५ भदौ/ पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ ।पोखरा महागरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा आज (मंगलबार) भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो । पोखराको जीतमा कुशल परियारले २ गोल गरे भने राजेश खाँडले १ गोलको योगदान दिए । उपाधिसँगै पोखराले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको लमजुङ फेलोसिपले नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात… पुरा पढौ

सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा भलिबल प्रतियोगिता

सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा भलिबल प्रतियोगिता
पोखरा, २३ भदौ/ नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा आउँदो भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो । संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उनकै प्रथम स्मृतिको दिन पारेर पोखरामा प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रबिन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिम भने अनेरास्ववियुकै हुनुपर्ने… पुरा पढौ

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत
पोखरा, २३ भदौ/ कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन चालिसे, द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन हुनुभयो । समितिको सदस्यहरूमा धरमबहादुर लामिछाने, प्रदीप खड्का, प्रकासराज वाग्ले र माधव भण्डारी चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका सांसद राजिव गुरुङले खादामाला अबिर… पुरा पढौ

लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित

लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित
पोखरा, २२ भदौ/ लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को… पुरा पढौ

लामाचौर कप भलिबलको उपाधि महिला एपिएफलाई, पुरुष तर्फको फाइनल शनिबार

लामाचौर कप भलिबलको उपाधि महिला एपिएफलाई, पुरुष तर्फको फाइनल शनिबार
पोखरा, २१ भदौ – लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ ।नव आदर्श सामुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि… पुरा पढौ

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताः महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताः महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित
पोखरा, १९ भदौ/ पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट)… पुरा पढौ

लामाचौर कप भलिबल सुरु, साविक विजेता गण्डकी सोझो सेटमै पराजित

लामाचौर कप भलिबल सुरु, साविक विजेता गण्डकी सोझो सेटमै पराजित
पोखरा, १८ भदौ/ साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो । पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो । गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो । अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको थियो । पहिलो र दोस्रो सेट तुलनामा… पुरा पढौ

लामाचौर आज देखी भलिबल शुरु, एपिएफ र गण्डकी विच पहिलो खेल

भलिबल
पोखरा, १८ भदौ/ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २… पुरा पढौ