नेपाल क्रिकेट संघको साधारण सभा पोखरामा सुरु
पोखरा, ११ असोज/ नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा पोखरामा सुरु भएको छ । साधारण सभाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरे ।
थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताउदै नेपाललाई विदेशमा चिनाउने काम गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सरकारले तीन वटा क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको योजना अन्तरगत निमार्णको कामलाई अगाडी बढाएको बताए । घिसिङले एनपीएलका लागि टीयुुको खेल मैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारीमा पनि रहेको बताए ।
क्यानका अध्यक्ष चतुुरबहादुर चन्दले नेपाली क्रिकेटको दोस्रो भेन्यू बन्ने सक्ने बताए । उनले अहिलेको क्रिकेट पूर्वाधारले २०२७ मा हुने महिलाको विश्वकप गर्न पोखरा अप्ठेरो हुने बताउदै स्थानीय, प्रदेश र केन्द्र सरकारलाई निमार्णका अनुरोध गरे ।
क्यानका सचिव पारस खड्काले गत वर्ष नेपालले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको बताए । उनले नेपालमा विदेशी टिम ल्याएर अन्तराष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा रहेको बताए ।
साधारण सभाले बार्षिक लेखा परीक्षण प्रतिबेदन, सन् २०२५ को वार्षिक कार्यक्रम योजना, संघका कर्मचारीहरुको प्रशासनिक नियमावली अनुमोदन गर्न लगाएतका एजेण्डाहरुमा छलफल गर्दै पारिद गर्ने छ ।