पर्यटन

पोखरामा पर्यटकले लगाए रातो टीका र कानमा जमरा, पर्यटक दंग

पोखरामा पर्यटकले लगाए रातो टीका र कानमा जमरा, पर्यटक दंग
पोखरा, ८ कात्तिक/ बडादसैँको अन्तिदिन अथार्त कोजाग्रत पूर्णिमामा पोखरामा निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरेर पर्यटकहरु देखीए । नेपाली मौलिक संस्कृतिलाई विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले पोखरामा आयोजना भएको पर्यटक लक्षित दसैँ महोत्सव आयोजना भएको थियो । त्यही महोत्सवमा विदेशी पर्यटकले निधारमा रातो टीका लगाएर र कानमा जमरा सिउरिएर नेपाली दसैँको अनुभव लिए । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा पोखरामा भएको दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सवमा आएको पर्यटकलाई पोखरा महानगरपालिकाका मयेर धनराज… पुरा पढौ

¥याफ्टिङमा पोखराको अपर सेती उत्कृष्ट, पोखरा आउने पर्यटक सेतीमा ¥याफ्टिङ

¥याफ्टिङ
पोखरा, ५ कात्तिक/ पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि उपयुक्त बन्दै गएको छ । सेती जलयात्रा पर्यटकको रोजाइको नदी बनेको छ । पोखरादेखि नजिक भएकाले पनि छोटो समयमा धेरै मनोरञ्जन लिन सकिने नदीका रुपमा पर्यटकहरुले सेती नदीलाई लिने गरेको नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) पोखराका अध्यक्ष बिरेन्द्र लामाले बताए । तीन घण्टाभित्रमा जलयात्रा गरिसकिने भएकाले पनि छोटो समयका लागि पोखरा आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको उनको भनाई छ । पोखरा सेतीमा जलयात्रा… पुरा पढौ

टान गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी निर्वाचीत

टान गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत
पोखरा, २८ असोज/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी निर्वाचीत भएका छन् । टान गण्डकीको ३३ औँ वार्षिक साधारण सभा एवं १९ औँ अधिवेशनले सुबेदीको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको निर्वतमान अध्यक्षमा कृष्ण आचार्य, प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सिग्देल, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल निर्वाचीत भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजय राज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल… पुरा पढौ

विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव

विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव
पोखरा, ९ असोज/ विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा असोज ११ गते मिनी सडक महोत्सव हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले विश्वभर मनाइने ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सव आयोजना गर्न लागेको शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष बसन्त गौतमले जानकारी दिए । ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ भन्ने विश्वव्यापी मूल नाराका साथ यो महोत्सव मनाउन लागेको हो । अविरल वर्षा र विषम परिस्थितिका बिच पोखराका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागतका… पुरा पढौ

‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’

‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’
पोखरा, ९ असोज/ पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो । ‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन हुने छ । पोखरा–६ लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत पिङ लगाएतका कार्यक्रमको आयोजना हुने शुक्रबार पोखरा आयोजीत कार्यक्रममा महिला पर्यटन… पुरा पढौ

पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल

पोखरा पर्यटन परिषदको अध्यक्षमा भुजेल
पोखरा, १७ भदौ/ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको २६ औं साधारण सभा तथा १४ं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको छ । भुजेलले कृष्ण भण्डारीलाई १४ मतले पराजित गर्दै निवर्तमान प्रथम उपाध्यक्ष अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३९ प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले २५ मत प्राप्त गरे भने भण्डारीले ११ मत प्राप्त गरे । ३ मत बदर भएको थियो । परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुन् । परिषदको सदस्यहरुमा बाबुराम पाण्डे,… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल (कस्को कति मत ?)

नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल
पोखरा, ११ भदौ/ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा, गण्डकी अध्यक्षमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ । बुधबार भएको ३१ औं साधारण सभा तथा १४ औं अधिवेशनले संगीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। अध्यक्षका प्रत्यासी कमला गिरीलाई पराजित गर्दै २ वर्षे कार्यकालका लागि पौडेल निर्वाचित भएकी हुन् । पौडेले ९३ मत प्राप्त गर्दा गिरीले ४९ मत प्राप्त गरिन् । पौडेल संस्थामा यसअघि प्रथम उपाध्यक्ष रहेकी उनी २० वर्षयता नाट्टामा आबद्ध छन् । उनी नेपाल टीका… पुरा पढौ

नाट्टा गण्डकीको अध्यक्ष पदमा कमला र संगिताको उमेद्वारी, अरु पदमा को को ?

नाट्टा गण्डकीको अध्यक्ष पदमा कमला र संगिताको उमेद्वारी, अरु पदमा को को ?
पोखरा, ८ भदौ/ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा, गण्डकीको अध्यक्ष पदका लागि दुई जनाको उमेद्वारी परेको छ । नयाँ नेतृत्व लिनका लागि अध्यक्षमा कमला गिरी र संगीता पौडेलले उमेद्वारी दिएका छन् । त्यसै गरी प्रथम उपाध्यक्षमा चेतबहादुर कार्की र राजेश पहारीले उमेद्वारी परेको छ । द्वितीय उपाध्यक्षमा विद्याराज आचार्यको मात्रै उमेद्वारी परेको छ । महासचिवमा तारा प्रसाद गौतम र नवराज भण्डारी, सचिवमा प्रतीक लामिछाने र सुवास पहारी, कोषाध्यक्षमा छवि रमण पौडेल र सन्दिप श्रेष्ठ, सह–कोषाध्यक्षमा तुलबहादुर गुरुङ… पुरा पढौ

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) छिटै कार्यन्वयनमा आउछ पर्यटन सचिब निरौला

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) छिटै कार्यन्वयनमा आउछ पर्यटन सचिब निरौला
पोखरा, १८ साउन/ पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) छिटै कार्यन्वयनमा आउने संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब मुकुन्द प्रसाद निरौलाले बताएका छन् । पोखरा पर्यटन परिषद्मा छलफल गर्दै सचिब निरौलाले पदयात्रा क्षेत्रलाई व्यवस्थीत गर्न पनि टिम्सको कार्यान्वन गर्नु पर्ने बताए । सचिब निरौलाले नेपाल पर्यटन बोर्ड अटोनोमस संस्था भएका कारण बोर्डले नै टिम्स लागू गर्ने बारेमा निर्णय गर्न सक्ने बताउ । उनले आफुले नै ८ महिना पहिले टिम्स लागू गर्न भने पनि बोर्डले अहिले सम्म पनि टिम्सको कार्यान्यन नगरेको… पुरा पढौ

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग सहकार्य बढाइने– बोर्ड सदस्य पोखरेल

पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग सहकार्य बढाइने– बोर्ड सदस्य पोखरेल
पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताएका छन् । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्याक्रममा उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवद्र्धन गर्नु पर्ने बताए । पोखरेलले सबै पर्यटन सम्बद्ध संघ संस्था बीच एकीकृत प्रयास आवश्यक रहेको बताए । उनले पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताए । पर्यटन क्षेत्रका साझा समस्या र… पुरा पढौ