
नाट्टा गण्डकीको अध्यक्ष पदमा कमला र संगिताको उमेद्वारी, अरु पदमा को को ?
पोखरा, ८ भदौ/ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा, गण्डकीको अध्यक्ष पदका लागि दुई जनाको उमेद्वारी परेको छ । नयाँ नेतृत्व लिनका लागि अध्यक्षमा कमला गिरी र संगीता पौडेलले उमेद्वारी दिएका छन् ।
त्यसै गरी प्रथम उपाध्यक्षमा चेतबहादुर कार्की र राजेश पहारीले उमेद्वारी परेको छ । द्वितीय उपाध्यक्षमा विद्याराज आचार्यको मात्रै उमेद्वारी परेको छ ।
महासचिवमा तारा प्रसाद गौतम र नवराज भण्डारी, सचिवमा प्रतीक लामिछाने र सुवास पहारी, कोषाध्यक्षमा छवि रमण पौडेल र सन्दिप श्रेष्ठ, सह–कोषाध्यक्षमा तुलबहादुर गुरुङ र पदम राज आचार्यको उमेद्वारी दिएका छन् ।
त्यस्तै सदस्यहरूमा अशोक कुमार क्षेत्री, मिलन ढकाल, विकास निरौला, रामचन्द्र घिमिरे र सोमनाथ अधिकारीले उमेद्वारी दिएका छन् । सदस्यमा पाँच जना निर्वाचीत हुनेमा पाँच जनाको मात्रै उमेद्वारी परेको छ ।





