
टीभीएसको दशैँ अफर, ‘अचम्मैको दशै योजना’ सार्वजनीक, पोखराको अमरसिंह चौरमा १८ गते देखी मेला
पोखरा, १६ असोज/ दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको पोखराको आधिकारीक डिलरले ‘टीभीएस अचम्मैको दशै योनना’ सार्वजनीक गरेको छ ।
योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीले अजोज १८ देखी असोज २६ गते सम्म पोखराको अमरसिंह चौरमा दशै मेगा एक्चेन्स इभेन्टको आयोजना गरेको कम्पनीका सेल्स प्रमुख सन्तोष पोखरेले जानकारी दिए ।
कम्पनीका अनुसार, ‘टीभीएस गोल्डेन की’ योजनामा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शत प्रतिशत सम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् । हरेक खरिदमा निश्चित पुरस्कारको व्यवस्था रहेकाले यस योजनाले दशैँमा टीभीएसको नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप लाभ दिने कम्पनीको दाबी छ ।
योजना अन्तर्गत ग्राहकले निश्चित पुरस्कारसँगै दैनिक लक्की ड्रमा सहभागी हुने अवसर समेत पाउनेछन् । दैनिक लक्की ड्र मार्फत हरेक दिन दुई ग्राहकले पाँच वर्षसम्मको निःशुल्क सर्भिस जित्न सक्ने कम्पनीले जनाएको छ । यसले सवारी साधन खरिद पछि समेत ग्राहकलाई दीर्घकालीन सेवा सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
त्यस्तै, दशैँमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले सहज फाइनान्स सुविधा समेत उपलब्ध गराएको जनाएको छ । सम्बन्धित नियम तथा सर्त अनुसार ग्राहकले फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् ।
‘ग्राहकले नयाँ सवारी खरिद नगरे पनि मेलास्थल पुगेर टेस्ट राइड मात्र गर्दा पनि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्,’ स्क्वायर मोटर्सका प्रतिनिधि सन्तोष पोखरेलले बताए। पोखरामा टीभिएसको ‘आइक्युब इलेक्ट्रिक’ ३.० भेरियन्ट र ३.५ भेरियन्टका साथै ‘टीभिएस अर्बिटर इलेक्ट्रिक स्कुटर’ समेत उपलब्ध गराइएको छ।
इलेक्ट्रिक स्कुटरको ब्याट्री, मोटर तथा म्याचिङ कन्ट्रोल युनिट (एमसियु) सबैमा ५ वर्षसम्मको वारेन्टी दिने नेपालकै एक मात्र कम्पनी टीभिएस रहेको छ। स्कुटर श्रेणीअन्तर्गत १२५ सिसीको टीभिएस एनटोर्क एक्सपी (ब्ल्याक, ब्लु, रेड), एनटोर्क रेस एडिसन (ब्लु, रेड), एनटोर्क डिस्क एफआई ९रेड, ब्लु, ग्रे० उपलब्ध छन्। यस्तै ११० सिसीअन्तर्गत टीभिएस जुपिटर (ब्लु, कपर) मोडलहरू पनि मेलामा उपलब्ध हुनेछन्।
कम्युटर तथा स्पोर्ट्स बाइक श्रेणीअन्तर्गत १२५ सिसीको टीभिएस राइडर र ११० सिसीको टीभिएस रेडियन मोटरसाइकलहरू बिक्रीका लागि राखिनेछ।
युवामाझ लोकप्रिय रेसिङ डिएनए र प्रिमियम बाइकअन्तर्गत टीभिएस अपाचे आरटिआर सिरिजका १६० २भी, १६० ४भी र २०० ४भी मोडलहरू उपलब्ध गराइएको छ। क्लासिक लुक्स चाहने ग्राहकका लागि २२५ सिसीको टीभिएस रोनिन बाइकको टेस्ट राइड र खरिद सुविधा पनि उपलब्ध गराइनेछ।
स्क्वायर मोटर्सले पोखराको नयाँ बजार, तालचोक र स्याङ्जाको वाडखोलामा शोरुम तथा पोखराको बासपाटनमा वर्कसप र पार्टस सेन्टरमार्फत सेवा दिँदै आएको छ। इलेक्ट्रिक स्कुटरका लागि नयाँ बजारमा छुट्टै बिक्री केन्द्रसमेत सञ्चालनमा रहेको छ।







