विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव

-


     क्लिक गण्डकी     
     असाेज ९ गते २०८३ मा प्रकाशित


विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव

विश्व पर्यटन दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव

पोखरा, ९ असोज/ विश्व पर्यटन दिवसको अवसरमा पोखराको लेकसाइडमा असोज ११ गते मिनी सडक महोत्सव हुने भएको छ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले विश्वभर मनाइने ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सव आयोजना गर्न लागेको शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष बसन्त गौतमले जानकारी दिए ।

‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’ भन्ने विश्वव्यापी मूल नाराका साथ यो महोत्सव मनाउन लागेको हो । अविरल वर्षा र विषम परिस्थितिका बिच पोखराका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको उनले बताए ।

‘पर्यटनको मुख्य सिजन प्रारम्भ हुने समयसँगै आयोजना हुने यस कार्यक्रममार्फत पोखराको पर्यटन व्यवसाय, आतिथ्य, कला संस्कृति र परिकारलाई एकै ठाउँमा प्रस्तुत गरिने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताए ।

पोखरा ६ अमबोटमा सांस्कृतिक नृत्य तथा लाइभ ब्यान्ड प्रस्तुत गरिनेछ भने सेन्टर गन्धर्व गायन हुने उनले बताए । महोत्सव अवधिभर सडक क्षेत्रमा स्वदेशी तथा विदेशी खानाका विभिन्न परिकारहरूको प्रदर्शन तथा प्रवर्द्धन गरिनेछ। यसबाट स्थानीय कला, संस्कृति र परिकारलाई पर्यटकसमक्ष प्रस्तुत गर्ने उद्देश्य रहेको उनले बताए ।