
¥याफ्टिङ
पोखरा, ५ कात्तिक/ पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि उपयुक्त बन्दै गएको छ । सेती जलयात्रा पर्यटकको रोजाइको नदी बनेको छ ।
पोखरादेखि नजिक भएकाले पनि छोटो समयमा धेरै मनोरञ्जन लिन सकिने नदीका रुपमा पर्यटकहरुले सेती नदीलाई लिने गरेको नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) पोखराका अध्यक्ष बिरेन्द्र लामाले बताए ।
तीन घण्टाभित्रमा जलयात्रा गरिसकिने भएकाले पनि छोटो समयका लागि पोखरा आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको उनको भनाई छ । पोखरा सेतीमा जलयात्रा गर्ने अहिले दैनिक ३० देखी १ सय जना सम्म हुने गरेको उनको भनाई छ ।
अपर सेती नदीमा वर्षमा ५ महिना ¥याफटिङ गर्न सकिन्छ । ४ ग्रेडभन्दा माथिको पानीको बहाव भएकाले पनि अपर सेतीमा ¥याफटिङ उत्कृष्ट मध्येको भएको लामाको दाबी छ ।
पछिल्लो समयमा जलविद्युत गृहहरु बन्दै गएपछि कतिपय नदीहरुमा अपेक्षा गरे अनुरुप जलयात्रा हुन नसकेको व्यवसायीहरु बताउ छन् ।
सेती र मर्दीको दोभानबाट करिब ८ किलोमिटर दूरीको याम्दीसम्म ¥याफ्टिङको यात्रा हुने गर्दछ । ¥याफटिङ गर्न विदेशीले ६ हजार र नेपालीले ३५ सय रुपैया तिर्न पर्ने लामाले बताए ।
नेपालमा सेती, काली, मस्र्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी, कर्णाली लगायतका नदीलाई सरकारले जलयात्राका लागि खुल्ला गरेको छ ।
नेपालमा आउने पर्यटकमध्ये २५ प्रतिशतले ¥याफ्टिङ गर्ने गरेको भएपनि पछिल्लो वर्षहरुमा घट्दै गएको उनले बताए । पोखरामा मात्र ११ वटा कम्पनी कार्यरत छन भने देशभर करिब १ सय ¥याफ्टिङ व्यवसायी रहेका छन् । सेतीमा ¥याफ्टिङ गदै हिमाल हेर्दै पर्यटक रमाउने गर्दछन् ।







