पर्यटन

द क्लिफमा ट्यान्डम बन्जी र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट

द क्लिफमा ट्यान्डम बन्जीु र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट
पोखरा, २ फागुन/ पर्यटकहरुका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चर तर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ । स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ूअब पर्यटकहरुले आफूले… पुरा पढौ

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा मणिराज लामिछाने

मणिराज लामिछाने
पोखरा, १ फागुन/ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दोस्रो पटक मणिराज लामिछानेले प्राप्त गरेका छन् । यसअघि उनी २०७५ सालमा प्रादेशिक संरचनामा जाँदाखेरी संस्थापक निर्देशकका रूपमा गण्डकी प्रदेश कार्यालयको प्रमुख भएर उनले काम गरेका थिए । पर्यटन क्षेत्रमा २६ वर्षदेखि संलग्न लामिछाने १६ वर्षअघि नेपाल पर्यटन बोर्डमा प्रवन्धकमा सेवा प्रवेश गरेका थिए । पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पोखरालाई साँच्चिकै पर्यटनको राजधानी बनाउन तथा पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा योगदान दिने उनले… पुरा पढौ

पोखरा- ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

पोखरा- ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स
पोखरा, ३० माघ/ हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने घोषणा गरेको हो । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले आगामी मार्च देखि सिधा उडान गर्ने जानकारी दिएको छ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित उडान हुनेछ । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । तर पनि अन्तराष्ट्रिय तर्फ नियमीत उडान हुन सकेको छैन । पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि, पर्यटकलाई महोत्सव अवधिभर २० प्रतिशत छुट

घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि, पर्यटकलाई महोत्सव अवधिभर २० प्रतिशत छुट
पोखराः कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले जानकारी दिए । उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय… पुरा पढौ

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी बसन्त गौतम सम्मानीत

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी बसन्त गौतम सम्मानीत
पोखरा, १८ माघ/ होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी बसन्त गौतम सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै गौतमलाई सम्मान गरेको हो । गौतमलाई होटल संघका संस्थापक अध्यक्ष हरीध्वज तुलाचन, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।… पुरा पढौ

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल
पोखरा, २६ पुष/ पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शुरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई… पुरा पढौ

नेपाल, इन्डिया, चाइना एक्स्पो (नाइस) मा जुट्दै पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्

पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौता
पोखरा, २४ पुस / प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन… पुरा पढौ

तान्चोकको कान्छी बराह मन्दिर प्रवद्र्धनको लागि हाइकिङ

तान्चोकको कान्छी बराह मन्दिर प्रवद्र्धनको लागि हाइकिङ
पोखरा, ४ पुष/ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ । गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त हाइकिङमा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणिय कार्य गरेको वताउँदै समय मिलेसम्म आफु सहभागी हुने वताए । साथै उनले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले निति ल्याउनु पर्ने वताउँदै आफुले निति तथा कार्यक्रम निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । पितम… पुरा पढौ

पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ
पोखरा, २२ मंसिर/ पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले… पुरा पढौ

पोखराको पर्वतीय संग्रहालयमा २३ गतेबाट महोत्सव

पोखरा, १४ मंसिर/ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन गरिनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले बताउनुभयो । “सङ्ग्रहालय अवलोकन… पुरा पढौ