
पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य
पोखरा २९, वैशाख/ पोखरा पर्यटन परिषदले रिक्त रहेको नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व आग्रह गरेको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारीले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई नेपाल पर्यटन वोर्डको रिक्त रहेको कार्यकारी सदस्य पदमा पोखराकै प्रतिनिधित्व गर्न अनुरोध गरेका छन् ।
पर्यटनको राजधानि घोषणा भई सकेको अबस्थामा ६ खर्ब भन्दा वढि नीजि क्षेत्रवाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको अवस्थामा रिक्त रहेको पदमा यस क्षेत्रको प्रतिनिधि गराउन परिषदका अध्यक्ष पहारीले पत्रमार्फत आग्रह गरेका छन् ।
प्रकृक्ति, संस्कृति र पर्यावरणको अनुपम उपहार हाम्रो भुमि पर्यटनका माध्यमवाट रोजगारी सृजना गर्दै विदेशी मुद्रा आर्जनको अपार सम्भावनालाई ध्यानमा राखी छिटो छरितो एवं सरोकार वाला सहितको संयन्त्रबाट उपलब्धी हासिलका निमित्त नेपाल पर्यटन वोर्डको गठन भएको परिषदले उल्लेख गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरी विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ । यस समयमा आफुहरुलाई अभिभावक चाहिएको पहारीले बताए ।





