
पोखरा अन्तर्राष्ट्रिय
पोखरा, १६ फागुन/ चीनको सिचुवान एयरलाइन्सले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु व्यावसायिक उडान गर्ने भएको छ । एयरलाइन्सले चैत ५ गते पोखराबाट छेन्दु उठान गर्ने भएको छ ।
त्यस पछि हप्तामा १ उडान गर्ने तयारी एयरलाइन्सको छ । एक महिनाअघि पोखरादेखि काठमाडौंसम्म यात्रुवाहक उडान सुरु गरेको एयरलाइन्सले नियमित व्यावसायिक उडानको तयारी गरेको हो ।
नेपालका लागि सिचुआन एयरलाइन्सको आधिकारिक जनरल सेल्स एजेन्सी (जीएसए) सोसाइटी इन्टरनेशनलले अहिले हप्ता एक उडानबाट शुरु गर्ने तयारी गरेको जनाएको छ ।
कम्पनीले पोखराबाट छेन्दु उठान गर्ने तयारी गरेको छ । छेन्दुबाट अस्ट्रेलिया लगायत विभिन्न गन्तव्यमा सिधा उडान सञ्चालन गर्ने तयारीमा छ । सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलबाट बेलाबेलामा चार्टर उडान गर्दै आएको छ ।
डिसेम्बर ११ मा उक्त एयरलाइन्सले १२६ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडेको थियो । पोखरा विमानस्थलबाट पूर्ण क्षमतामा न्यारो बडी विमान उडेको यो पहिलो पटक हो ।
अहिले पोखराका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायी पहिलो उठानका लागि लागेका छन् । पोखरामा पोखरा पर्यटन परिषद्ले चैत ५ गते पोखराबाट छेन्दु जाने पर्यटकका लागि प्याकेज समेत बताएको छ ।