पर्यटन

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा
पोखरा, २८ साउन/ पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु… पुरा पढौ

टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

टान गण्डकीको टोली भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल
पोखरा, २६ साउन/ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको ‘भुटान फाम टूर’ गरेर फर्किएको छ । अमीन भुटान टुर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध भुटानमा टूर विक्री गर्ने कम्पनीका प्रतिनिधिलाई भुटान फाम टूरमा सहभागी भएका थिए । पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टानका १५ जना प्रतिनिधिले अगस्ट ३ देखि ७ सम्म भुटानको भ्रमण गरेका हुन् । भुटान भ्रमणका क्रममा विभिन्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । भुटानका परराष्ट्रमन्त्री… पुरा पढौ

पोखरा पर्यटन क्षेत्रका समस्या संघीय मन्त्रीलाई स्मरणपत्र

पोखराको पुम्दिकोटमा १४ करोड लगानीमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल
पोखरा, २२ साउन / नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् । संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर,… पुरा पढौ

पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम

पदयात्रा पर्यटन केन्द्रीत फोटो तथा भिडियोग्राफी तालिम
पोखरा, १७ साउन/ ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल९टान० गण्डकीले व्यवसायीलाई फोटो तथा भिडियोग्राफी सम्बन्धि एक दिने तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा टान गण्डकीले संस्थामा आबद्ध कम्पनी सञ्चालकहरुलाई हिमाल पदयात्रा पर्यटन केन्द्रीत फोटोग्राफी र भिडियोग्राफी तालिम दिइएको टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । तालिममा पदयात्रा पर्यटनका क्रममा फोटो र भिडियो कसरी खिच्ने भन्नेबारेमा तालिम केन्द्रीत रहेको उनले बताए । तालिमले… पुरा पढौ

तीन जिल्ला जोड्ने गरी गुरुङ सम्पदा पदमार्ग घोषणा

गुरुङ सम्पदा पदमार्ग
सागर राज तिमिल्सिनापोखरा, ११ साउन/ पर्यटनलाई नयाँ नयाँ गन्तव्यमा लैजाने उद्धेश्यका साथ कास्की, लम्जुङ र मनाङ जोड्ने गरेर पदमार्गको विकास भएको छ । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गरी मुख्य र साहेक पदमार्गको खोजी गरेका छन् । पदमार्गले विश्व प्रख्यात अन्नपुर्ण फेरो बाटोको कारण घट्दै गएपछि यहाँका पर्यटन व्यवसायीले नयाँ पदमार्ग खोजी र विस्तारमा लागेका छन् । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको… पुरा पढौ

पथ प्रदर्शकलाई वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम

पथ प्रदर्शकलाई वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम
पोखरा, ७ साउन/ ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पथ प्रदर्शकलाई ३ दिने वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा तालिम भएको हो । तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तालिमले पथ प्रदर्शकलाई फूलचार्ज गराएको बताए । उनले ट्रेकिङका पथप्रदर्शक पर्यटनको ऐना भएको बताए । पथप्रदर्शकले पर्यटकमाथि जस्तो व्यवहार गर्छ, त्यो पर्यटकले आफ्नो देश… पुरा पढौ

रेवानको आयोजनामा कुकहरुलाई बेकरी तालिम

रेवानको आयोजनामा कुकहरुलाई बेकरी तालिम
पोखरा, ६ साउन/ रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पोखरामा पाँच दिने एड्भान्स बेकरी तालिम दिएको छ । पोखराका विभिन्न होटल तथा रेष्टुराँमा कार्यरत कुकहरुलाई बेकरी तालिम प्रदान गरिएको हो । पम्प नेदरल्याण्ड र नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजको सहयोगमा भएको तालिममा २० जना सहभागी भएका थिए । तालिमको समापन समारोहमा नेपाल टुरिजम एण्ड होटल म्यानेजम्यान्ट कलेजका अध्यक्ष अशोक पालिखेले तालिम लिएका प्रशिक्षार्थीले स्वदेशमै बसेर राम्रो उत्पाद दिनु पर्ने बताए । उनले पोखरा पर्यटकी राजधानी घोषणा भईसकेको र… पुरा पढौ

पोखराको भ्रमणमा पठाउन मलेसियाका टूर अपरेटरसँग टेवानको अन्तरक्रिया

पोखराको भ्रमणमा पठाउन मलेसियाका टूर अपरेटरसँग टेवानको अन्तरक्रिया
पोखरा, ६ असार / पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ ।पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर १० दिनअघि मलेसियासहित विभिन्न देशको भ्रमणमा निस्केको टोलीले बिहीबार मलेसियामा टूर अपरेटरसँगको अन्तरक्रिया गर्दै पोखरा घुम्ने निम्तो दिएको हो । अन्ततक्र्रियामा करिब २५ टूर अपरेटरले भाग लिएका थिए । टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको जनाउँदै पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटकीय सम्भावना, गन्तव्य र अवसरबारे जानकारी दिएकी थिइन् । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा… पुरा पढौ

कास्कीका सीडिओ र एसपी सगँ सुरक्षाबार पर्यटन व्यवसायीको छलफल

कास्कीका सीडिओ र एसपी सगँ सुरक्षाबार पर्यटन व्यवसायीको छलफल
पोखरा, ३ असार / होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो । प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका… पुरा पढौ

‘पर्यटकीय राजधानी घोषणाको प्रभाव दीर्घकालमा देखिन्छ’

‘पर्यटकीय राजधानी घोषणाको प्रभाव दीर्घकालमा देखिन्छ’
पोखरा, ३१ जेठ/ गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको चार वर्षको निरन्तर प्रयासपछि गत ४ चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती छ । पोखरालाई अब कसरी ब्राण्डिङ गर्न सकिन्छ त ? आर्थिक मिडिया प्रा.लिले मंगलबार यही विषयमा केन्द्रित भएर ‘टुरिजम क्यापिटल सिटी, प्रोडक्ट एण्ड ब्राण्डिङ’ विषयक बहस कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय राजधानी घोषणालाई सार्थक पार्न पोखराको हकमा साहसिक खेल पर्यटनलाई… पुरा पढौ