file photo
पोखरा, ११ असोज / पोखराको प्याराग्लाइडिङ उडानको नयाँ मुल्य तोकिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले नयाँ मुल्य निधारण गरेको हो ।
नेपाल हवाई खेलकुद संस्थाको प्याराग्लाइडिङ व्यवसायी उपसमिति र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त बैठकले आधा घन्टासम्म र एक घन्टासम्मको फरक फरक दर तोकेको छ ।
१५ देखि ३० मिनेटसम्म संस्थागत मूल्य ७ हजार ५०० र अधिकतम बजार मूल्य ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार २५० र अधिकतम मूल्य १२ हजार ७५० रुपैयाँ तोकिएको ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिए ।
पहिले आधा घण्टाको १२ हजार ५०० र एक घण्टाको १८ हजार ५०० दर रहेको थियो । यसअघि ‘ना’ले १२ हजार रुपैयाँ दररेट तोकेको थियो । ‘ना’ले दर तोक्न छोडेपछि अस्वस्थ प्रतिस्पर्धाका कारण ३ हजार ५०० रुपैयाँ पनि प्याराग्लाइडिङ गर्नुपर्ने स्थिति सिर्जना भएको थियो ।