पर्यटन दिवसको असवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने
पोखरा, ९ असोज/ ४५ औं पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गर्ने भएको छ । यस वर्षको नारा टुरिजम एण्ड पिस (पर्यटन र शान्ति) तय गरेको छ । पोखरामा पोखरा पर्यटन परिषद् आयोजनामा विविध कार्यक्रम हुने भएको छ ।
यसमा गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिकाले सहकार्य गर्ने छन् भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धक छ । परिषद् आयोजनामा ९–१२ असोजसम्म विभिन्न कार्यक्रम हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
नीति संवाद, घरबास कार्यक्रम, पदयात्रा, ¥याली, रक्तदान, टक सो, पर्यटकलाई सम्मान, पर्वतीय दौड प्रतियोगिता गर्ने पहारीले बताए । ९ असोजमा उद्योग तथा पर्यटन मन्त्रालय आयोजनामा ‘पोखरा पर्यटनको राजधानी–नीति संवाद कार्यक्रम’ हुनेछ । सो संवादमा सातै प्रदेशका पर्यटन मन्त्रीका साथै संघीय सरकारका पर्यटन मन्त्री र पर्यटन व्यावसायीबीच संवाद हुने अध्यक्ष पहारीले जानकारी दिए ।
पोखरा १९ स्थित रिन्ने नासा होमस्टेमा घरबास कार्यक्रम पनि हुनेछ । १० असोजमा टान गण्डकी आयोजनामा पोखरा–मोरिया– लप्सीबोट–भुकदेउराली सम्मको पदयात्रा हुनेछ । दिवसको मुख्य दिन ११ असोजमा रेबान पोखरा आयोजनामा ‘मिनी सडक महोत्सव’ आयोजना गरिने परिषद् अध्यक्ष पहारीले जानकारी दिए ।
बेलुका साढे ४ बजेबाट अम्बोटदेखि वाराही चोकसम्म महोत्सव हुनेछ । ‘सडकमै खाऔं, सडकमै रमाऔ ं’ भन्ने उद्देश्यसाथ आयोजित महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने आयोजकले लक्ष्य लिएको छ ।
सोही दिन बिहान उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय संघसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई खादा, बाजासहित सम्मान गरिनेछ । नाट्टा गण्डकी आयोजनामा पोखरा–६ स्थित नारेश्वर चोकमा रक्तदान कार्यक्रम हुने छ ।
त्यसपछि पोखरा पर्यटन परिषद् आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ । टस सोको वक्तामा पर्यटनविज्ञ डा. विष्णुप्रसाद उप्रेती, नीति तथा योजना आयोग गण्डकी उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा र बंगलादेशका पर्यटन व्यवसायी अक्कु चौधरी रहनेछन् । उनीहरुलाई पर्यटन विश्लेषक दीपेन्द्र पहारीले गर्ने छन् ।