भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

-


     क्लिक गण्डकी     
     असाेज १० गते २०८१ मा प्रकाशित


भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

भिटोफ नेपालको रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

पोखरा, १० असोज/ गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशको आयोजनामा ४५ औं विश्व पर्यटन दिवसको पुर्व संध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि, पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै निकायलाई आग्रह गरेका थिए ।

उक्त पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, एनटिभिएका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, रिन्जे नाँसा होमस्टेका अध्यक्ष समशेर गुरुङ लगाएतले शुभकामना दिए ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग, पोखरा पर्यटन परिषद्को समन्ले गरेको थियो भने प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।

मञ्चकी अध्यक्ष शोभा सापकोटाको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव लक्ष्मण पहारी र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य भावना रानाभाटले गरेका थिए ।