हिमनदीको संगम स्थल ‘तीनसिर’, पदमार्ग खोज्दै
पोखरा, १० असोज/ गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्न एक अर्को प्रदेशले सहयोग गर्ने भएका छन् । लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने र गण्डकी टे«किङ व्यवसायीहरुको छलफलमा प्रर्वद्धन गर्न लाग्ने बताएका हुन् ।
टान गण्डकीले पोखरामा लुम्बिनी प्रदेशका पर्यटन मन्त्रीलाई स्वागत गर्दै एक अर्को प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए । गण्डकी प्रदेशको ढोरपाटन र लुम्बिनी प्रदेशको रुकुम टे«किङका लागि उपयुक्त रहेको भन्दै दुबै प्रदेश मिलेर त्यसको विकासमा लाग्नु पर्ने टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए ।
दुबै प्रदेशका धार्मिक तथा पदयात्रा पर्यटनको सम्भाना रहेको भन्दै मिलेर अगाडी बढ्नु पर्नेमा उनीहरुको जोड् थियो । मुक्तिनाथदेखि बग्दै आउने कालिगण्डकी नदी दुबै प्रदेश भएर बग्ने गरेको छ । त्यसैलाई माध्येम बनाएर पर्यटनको विकास गर्नु पर्नेमा जोड्थियो ।
कालिगण्डकी नदी वरपर बाग्लुङ र गुल्मी जिल्लाको सिमा पालुङखोलादेखि पाल्पा र नवलपरासीको पूर्वीभाग सँग सीमा बनेको घुमाउरीघाटसम्म कालीनदीको किनारमा दर्जनौ धार्मिकस्थलहरु रहेका छन् । पर्यटन विकासका लागि लुम्बिनी प्रदेशले पर्यटन दुत बनाउने योजना ल्याएको लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए ।
गण्डकी प्रदेशमा ताल, गुफा, हिमाल, पदयात्रा, धार्मिक स्थलहरु रहेका छन् । त्यसै गरी लुम्बिनी प्रदेशमा बुद्धको जन्मस्थल, नारायणीको त्रिवेणी, दाउन्नेदेवी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार, रानीमहल प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको खाँची र अर्घाकोट, सुपादेउराली गुल्मीको रेसुङगा, रिडी लगायतका सम्पदा रहेका छन् ।
पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन गर्न र प्रदेशको आर्थिक विकास गर्न सकिने उनीहरुको भनाई छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसार गर्न दुबै प्रदेश लाग्ने बताए ।