पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी, पर्यटन व्यवसायी पौडेल सम्मानित
पोखरा, १२ भदौं/ पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन् । परीषदको बुधबार पोखरामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी दुई बर्षीय कार्यकालको लागि चयन भएका हुन् ।
त्यसै गरी परिषदको ६ जना सदस्य चयन भएकाा छन् । परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चयन हुनु भएको परिषदले जनाएको छ ।
अन्य पदाधिकारी सहित थप ३ जना सदस्य अध्यक्ष चयन गर्ने छन् । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गर्दै पोखरामा पर्यटनको बसाई अवधि लम्बाउन वाटर स्पोट्र्स सम्बन्धि गतिविधि गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान भएका छन् । होटल बाराही सहित नेपालको पर्यटन क्षेत्रमा विभिन्न ठाँउमा पर्यटन क्षेत्रमा लगानी गरी पर्यंटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै पौडेललाई सम्मान गरेको हो ।