
ऐतिहासिक पदक विजेता पलेसालाई पोखरामा नगद सहित सम्मान
पोखरा, ३० भदौ/ पेरिस प्याराओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक काँश्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरेको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आयोजित भब्य कार्यक्रमका बिच पलेसा सहित प्रशिक्षक कविराज नेगी लामा, टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठ र तेक्वान्दो संघ नेपाललाई सम्मान गरिएको हो ।
ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार, पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँ, कास्की जिल्ला तेक्वान्दो संघले ५० हजार ५ सय रुपैया र सम्मानपत्रले सम्मान गरे ।
पलेशासहित प्रशिक्षक कविराज नेगी लामा, टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
उनीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ लगायतले सम्मान गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेसालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे । उनले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरुलाई गत वर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको बताउदै पलेसालाई पनि दिने बताए । सम्मान पछि पलेसाले निरन्तर मिहिनेत गरे एक दिन अवश्य पनि सफल भइने बतान् ।
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनले तेक्वान्दोको ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।





