खेलकुद

लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताः महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताः महिलातर्फ न्यु डायमण्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित
पोखरा, १९ भदौ/ पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट)… पुरा पढौ

लामाचौर कप भलिबल सुरु, साविक विजेता गण्डकी सोझो सेटमै पराजित

लामाचौर कप भलिबल सुरु, साविक विजेता गण्डकी सोझो सेटमै पराजित
पोखरा, १८ भदौ/ साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो । पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो । गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो । अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको थियो । पहिलो र दोस्रो सेट तुलनामा… पुरा पढौ

लामाचौर आज देखी भलिबल शुरु, एपिएफ र गण्डकी विच पहिलो खेल

भलिबल
पोखरा, १८ भदौ/ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २… पुरा पढौ

पोखरामा शनिबारदेखि ‘थ्री भर्सेस थ्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरामा शनिबारदेखि ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट
पोखरा, १४ भदौ/ अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । पोखरामा शनिबार र आइतबार ‘थ्री भर्सेस थ्र्री’ आइ.एस.एफ.ए वल्र्डकपको छनोट खेल हुँदैछ । पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौंमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखराको छनोटको जिम्मा पाएको पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा… पुरा पढौ

२६ औं लामाचौर तीज महोत्सव तयारी, राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता

२६ औं लामाचौर तीज महोत्सव तयारी, राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
पोखरा, ११ भदौ /नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ । संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता… पुरा पढौ

सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन

सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन
पोखरा, ९ भदौ /पोखराको पुरानो टुडिखेलमा सम्पन्न एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा कस्केरी १ च्याम्पियन बनेको छ । आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा १ पुरानो टुंडिखेलमा शनिबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गदै कस्केरी च्याम्पियन बनेको हो । कस्केरीका युडी पुनले निर्णायक गोल गरे । च्याम्पियन बनेको कस्केरीले नगद रु १ लाख, शिल्ड,… पुरा पढौ

मैत्रीपुर्ण खेलको उपाधि खेल पत्रकारलाई

मैत्रीपुर्ण खेलको उपाधि खेल पत्रकारलाई
पोखरा, १ भदौ/ खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलको उपाधि खेल पत्रकारले चुमेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा खेल पत्रकारको टिमले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोलअन्तरले हराउन सफल भएको हो । खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टिमले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गर्न सफल भएको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पुरा गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल गरे । मञ्चका लागि विरेन… पुरा पढौ

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल सुरु

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल सुरु
पोखरा, १ भदौ/ पोखरा महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज (शनिबार) देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए । थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्यो । तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्यो । चौथो खेलमा… पुरा पढौ

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं
पोखरा, २६ साउन / पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।हल्लनचोक स्पोर्टस् क्लबले भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए ।प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट करिब २ लाख बचत

आठौँ पोखरा स्पोर्ट्स अवार्डबाट करिब २ लाख बचत
पोखरा, २३ साउन/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ । मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गरेको हो । उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक… पुरा पढौ