
त्रिभुवन आर्मी क्लब पाँचौ पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, २७ भदौ/ सहारा क्लब पोखराले गत माघमा आयोजना गरेको २३ औँ संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ ।
क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्दा १५ लाख ३८ हजार रुपैयाँ घाटा भएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । उनले आर्थिक मन्दीका कारण प्रायोजन रकम कम जुटेपछि खर्च धान्न नसकिएको बताए । प्रतियोगिताको इतिहासमा पहिलो पटक क्लबले घाटा व्यहोर्नुपरेको अध्यक्ष बरालले बताए ।
प्रतियोगितामा ९९ लाख ९५ हजार आम्दानी भई १ करोड १५ लाख ३३ हजार खर्च भएको उनको भनाई छ । प्रतियोगितामा प्रायोजनतर्फ ५६ लाख ७५ हजार आम्दानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिए ।
हिम श्री फुड्स प्रालिले २२ लाख २५ हजार, पोखरा महानगरपालिकाले १० लाख, गण्डकी प्रदेश खेलकुद परिषद्ले पाँच लाख लगायत गरी १४ संघसंस्था र व्यापारिक प्रतिष्ठानले प्रतियोगितामा प्रायोजन गरेको उनले बताए ।
टिकट शुल्कबाट २६ लाख ३६ हजार संकलन भएको जनाइएको छ । खर्चतर्फ सबैभन्दा बढी खेलाडीको दैनिक भ्रमण भत्तामा ३९ लाख ७३ हजार खर्च भएको अर्थ संङ्लकन उपसमितिका संयोजक गुरुङले बताए । २३ औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो ।





