खेलकुद

पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब

पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब
पोखरा, ३ मंसिर/ चित्लाङ फुटबल क्लबलाई टाई ब्रेकरमा हराउदै पोखराको लालीगुराँस फुटबल क्लबले मकवानपुरमा मंगलबार सम्पन्न एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि चित्लाङलाई टाई ब्रेकरमा ३–१ ले हरायो । फाइनलको पेनाल्टी सुटआउटमा विपक्षी प्रहारहरु असफल बनाएका लालीगुराँसका गोलकिपर अञ्जन श्रेष्ठ फाइनलको प्लेयर अफ दी म्याच तथा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । लालीगुराँसकै आशिष गुरुङ, नव जन जागृतिका सुजन डंगोल र काक्रेविहारका अनिश घर्ती उच्च गोलकर्ताको पुरस्कारबाट बिभुषित हुँदा चित्लाङका शिशिर लेखी… पुरा पढौ

पोखरामा पुस दोस्रो साता अटोक्रस च्याम्पियनसिप

पोखरामा पुस दोस्रो साता अटोक्रस च्याम्पियनसिप
पोखरा, २ मंसिर/ पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुने छ । आगामी पुस ११ गते पोखरा २३ पामेमा अटोक्रस च्याम्पियनसिप हुने नेपाल अटोमोवाईल्स एशोसियसन (नासा) गण्डकीले जनाएको छ । पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्ने यो च्याम्पियनसिपमा दुईहजार सिसी क्षमताभन्दा कम र दुईहजार भन्दा माथिको सिसी क्षमता भएका कारको सहभागिता रहने छ । दुईहजार माथि सिसी भएका कार १२ वटा र दुईहजार सिसी भन्दा कमका १२ कारले प्रतिस्पर्धा गर्ने गर्ने नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । च्याम्पियनसिपको लागि नासाले… पुरा पढौ

टाइगर कप भलिबल माघ दोस्रो साता

टाइगर कप भलिबलः पुलिसको अपराजित यात्रा कायम
पोखरा, २९ कात्तिक/ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो साता हुनेछ । पोखरा रंगशालाको भलिबल कोर्टमा माघ ९ देखि १९ गते सम्म अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय, दोस्रो टोलीले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २६… पुरा पढौ

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता
कात्तिक, २७ पोखरा/ तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न… पुरा पढौ

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक
पोखरा, २४ कात्तिक/ नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं… पुरा पढौ

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनम सँग भिड्दै

गण्डकीकी सुस्मीताले भारतकी स्टार फाइटर सोनम सँग भिड्दै
पोखरा, ८ कात्तिक/ तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । यि दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई
पोखरा, ११ असोज/ दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, गुरुङ र बराल सम्मानित
पोखरा, १० असोज/ विश्व पर्यटन दिवस अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड हुन लागेको हो । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुँदैछ । हालसम्म नेपालसहित ४ देशका १ सय ३० जना धावकले नाम दर्ता गराएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । प्रतियोगितामा नेपाल, बेलायत, इजरायल… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड, ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, गुरुङ र बराल सम्मानित
पोखरा, ३ असोज/ विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले… पुरा पढौ

वाङचु तामाङलाई नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधि

वाङचु तामाङलाई नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधि
पोखरा, १ असोज/ काठमाण्डौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाण्डौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् । वेष्ट अफ इलाभेन आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ… पुरा पढौ