खेलकुद

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन
पोखरा, २२ भदौ/ काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र… पुरा पढौ

पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीको साथ, फारम भर्ने भदौं २५ सम्म

पर्वतीय दौडलाई भव्य रूपमा सफल पार्न पर्यटन व्यवसायीको साथ, फारम भर्ने अन्तिम मिति भदौं २५ सम्म
पोखरा, २२ भदौं/ विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताएका छन् । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन दिनुभएको हो । प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा व्यवसायीहरूले सरकारले हाल फेसबुकसहितका सामाजिक सञ्जाललाई निष्कृय पारेकाले सञ्चालनमा रहेका भाइभर र टिकटकलाई प्रचार सामाग्रीकारूपमा… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठकलाई

केशव पाठक
पोखरा, २१ भदौ/ सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र… पुरा पढौ

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविस र ललितपुर क्विन्सले बिजयी

भलिबल
पोखरा, २१ भदौ/ पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविस र साविक उपविजेता ललितपुर क्विन्सले बिजयी भएका छन् । कर्णालीले लुम्बिनी लाभाजबिच ३–१ सेटमा विजयी भयो । पहिलो सेटमा पछि परेको कर्णालीले लगातार तीन सेट जितेको थियो । कर्णालीले लुम्बिनीलाई २३–२५, २५–२१, २५–१७ र २५–२२ मा हरायो । अर्को खेलमा साविक उपविजेता ललितपुर क्विन्सले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको खेलमा ललितपुरले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा हरायो । लगातार दुई खेल… पुरा पढौ

कास्की यु १४ फुटबलः छात्रतर्फ सेमिफाइनल समिकरण पुरा, छात्रातर्फ लिगको अन्तिम खेल

कास्की यु १४ फुटबलः छात्रतर्फ सेमिफाइनल समिकरण पुरा, छात्रातर्फ लिगको अन्तिम खेल
पोखरा, १९ भदौ/ पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र/छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो । बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।… पुरा पढौ

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने
पोखरा, १८ भदौ/ पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लवमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए । तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६०… पुरा पढौ

पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण
पोखरा, १८ भदौ/ दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी बुधबार फेवा ताल किनारमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अनावरण गरे । कार्यक्रममा मेयर आर्यलले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले खेलले केवल मनोरञ्जन नभइ, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ । इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय… पुरा पढौ

मुस्ताङको लोमान्थाङमा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ हुँदै

मुस्ताङको लोमान्थाङमा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ हुँदै
पोखरा, १५ भदौ/ मुस्ताङको लोमान्थाङमा भदौ अन्तिम साता ‘टप अफ दि वल्र्ड क्लासिक गल्फ प्रतियोगिता’ हुने भएको छ । विश्वकै सर्वाधिक उचाइमा रहेको गल्फ कोर्समा आयोजना हुने ‘टप अफ द वल्र्ड गोल्फ क्लासिक’को आयोजक मुस्ताङ गल्फ कोर्सले पोखरामा पत्रकार सम्मेलन गर्दै भदौ २८ र २९ गते हुने जानकारी दिएको छ । ४७ सय मिटर उचाइको लोवथाङमा चौथो संस्करणको प्रतियोगिता आयोजना गर्न लागको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए । यसवर्षको प्रतियोगितामा देश तथा विदेशका ५५ देखि ६०… पुरा पढौ

ढुंगेदेउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता मावि पहिलो

ढुंगेदेउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता मावि पहिलो
पोखरा, १० भदौ /ढुंगेदेउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि स्याङ्जा पौवेगौडेको ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बलराम सुबेदी

अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बलराम सुबेदी
पोखरा, ९ भदौ/ अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलनले बलराम सुबेदीको अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा) रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनहुँ) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेश गिरी, प्रकास मल्ल, विष्णु सुबेदी, अमोद हमाल, नविन लामिछाने, हर्क बहादुर थापा, मिलन महत, सिताराम विक, विकाश अधिकारी, हिटलर थापा, पवन नेपाली, भेष… पुरा पढौ