
टाइगर कप भलिबलः
पोखरा, २९ कात्तिक/ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो साता हुनेछ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा माघ ९ देखि १९ गते सम्म अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय, दोस्रो टोलीले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ तथा उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले समान ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
टाइगर कप मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट क्लबको सहभागिता रहने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।





