खेलकुद

जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनलमा

लामाचौर कप भलिबल प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा, ९ भदौ/ जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि।एम। समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जिएम समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु… पुरा पढौ

लामाचौर कप भलिबल प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

लामाचौर कप भलिबल प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा, ८ भदौ/ लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जिएम समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् । २ खेल खेलेका माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए । समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छे« गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट… पुरा पढौ

लामाचौर कप अन्तर मावि छात्रा भलिबल टप्स र शान्त मावि फाइनलमा

लामाचौर कप एक्सपर्ट अन्तरमावि छात्रा भलिबल सेमिफाइनल समिकरण पुरा
पोखरा, ८ भदौ/ लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् । आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको… पुरा पढौ

लामाचौर कप एक्सपर्ट अन्तरमावि छात्रा भलिबल सेमिफाइनल समिकरण पुरा

लामाचौर कप एक्सपर्ट अन्तरमावि छात्रा भलिबल सेमिफाइनल समिकरण पुरा
पोखरा, ७ भदौ/ लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । पहिलो खेलमा सिर्जनाले… पुरा पढौ

पोखरा लामाचौरमा पुरुष खुल्ला भलिबल र छात्रा भलिबल प्रतियोगिता, विजेतालाई ३ लाख

पोखरा लामाचौरमा पुरुष खुल्ला भलिबल र छात्रा भलिबल प्रतियोगिता, विजेतालाई ३ लाख
पोखरा, ३ भदौ/ नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा २७ औं संस्करणको लामाचौर तीज महोत्सवमा भलिबल प्रतियोगिता हुदैछ । भदौ ८ देखि १० गतेसम्म सन्चाल हुने प्रतियोगितामा पुरुष खुल्ला भलिबल प्रयियोगितामा ६ टिम र छात्रा भलिबलमा ११ टिमको सहभागीता जनाउने भएका छन् । पुरुष खुला भलिबल प्रतियोगितमा अझ टिम थप हुने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले जानकारी दिए । उनले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । पुरुष भलिबल विजेताले ३ लाख… पुरा पढौ

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र, खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र, खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने
पोखरा २, भदौं/ पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने… पुरा पढौ

अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङ गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङ गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन
पोखरा, ३१ साउन/ अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर… पुरा पढौ

भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाइने

अरुणा शाही
पोखरा, २९ साउन/ म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाउने भएको छ । म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबल मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याएकी छन् । त्यही योगदानको कदर गर्दै शालिक बनाइने भएको हो । शाहीको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ । सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई
पोखरा, २८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको… पुरा पढौ

नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स

नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स
पोखरा, २७ साउन/ नवआदर्श सामुदायिक विकास समाज पोखरा लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९… पुरा पढौ