खेलकुद

भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाइने

अरुणा शाही
पोखरा, २९ साउन/ म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाउने भएको छ । म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबल मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याएकी छन् । त्यही योगदानको कदर गर्दै शालिक बनाइने भएको हो । शाहीको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ । सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश… पुरा पढौ

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई

भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई
पोखरा, २८ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको… पुरा पढौ

नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स

नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स
पोखरा, २७ साउन/ नवआदर्श सामुदायिक विकास समाज पोखरा लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९… पुरा पढौ

पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल टेनिस खेल्न मलेशिया जाने

अन्तराष्ट्रिय खेलाडीको जमघटमा, पाँचौ पटक आइटीएफ टेनिस हुँदै
पोखरा, २१ साउन/ पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्… पुरा पढौ

दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य

दोस्रो पर्वतीय दौडलाई मजेष्टिक लेक फ्रण्ट होटलको सहकार्य
पोखरा, १८ साउन/ पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि… पुरा पढौ

दोस्रो पर्वतीय दौडमा विदेशी धावकका लागि नाम दर्ता प्रक्रिया तत्काल शुरु गर्न सुझाव

दोस्रो पर्वतीय दौडमा विदेशी धावकका लागि नाम दर्ता प्रक्रिया तत्काल शुरु गर्न सुझाव
पोखरा, १६ साउन/ असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले सुभाब दिएका छन् । पोखरा क्लिकद्वारा बिहीबार आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला सँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।… पुरा पढौ

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा, पल्सरसंग पाँच वर्षको सम्झौता थप

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा, पल्सरसंग पाँच वर्षको सम्झौता थप
पोखरा, ९ साउन/ नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो। अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्वन्धि सम्झौता भयो। संझौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे। विगत १७… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई, गुरुङ र बराल सम्मानित
पोखरा, ९ साउन/ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै… पुरा पढौ

एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नै पर्छः अध्यक्ष प्रचण्ड

एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नै पर्छः अध्यक्ष प्रचण्ड
काठमाडौं, ८ साउन/ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफु रहेको बताउनुभएको छ। आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गर्नुभयो प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराउनुभयो।… पुरा पढौ

च्याम्पियन्स लिग (काभा) मा हेल्प नेपालले कास्य जित्न सफल

च्याम्पियन्स लिग (काभा) मा हेल्प नेपालले कास्य जित्न सफल
पोखरा, ८ साउन/ नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३–१ ले हराएको हो । पहिलो सेट २५–२० तथा दोस्रो सेट २५–१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो । हेल्प नेपाल लिग चरणको ५ मध्ये ४ खेलमा विजयी भएको थियो । सेन्ट्रल… पुरा पढौ