
अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बलराम सुबेदी
पोखरा, ९ भदौ/ अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलनले बलराम सुबेदीको अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा) रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनहुँ) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेश गिरी, प्रकास मल्ल, विष्णु सुबेदी, अमोद हमाल, नविन लामिछाने, हर्क बहादुर थापा, मिलन महत, सिताराम विक, विकाश अधिकारी, हिटलर थापा, पवन नेपाली, भेष बहादुर थापा, टोम बहादुर थापा, नारायण खड्का रहेका छन् ।
त्यसै गरी शरण थापामगर, गणेश केसी, के.पी खनाल, युवराज सुबेदी, रोहीत सुनार, धर्मराज गुरुङ, संजय जैसी, सुसील लामीछाने, शम्भु कुवँर, प्रदीप थापा, भुषण थापा, प्रदीप आचार्य, हिमाली रोका,राजु आले, विधान देउजा, राजकुमार कुमाल रहेको छ ।
सम्मेलनको उद्घाटन नेकपा(माओवादी केन्द्र) का उप महासचिव तथा पुर्व गृहमन्त्री शक्ती बस्नेतले गरेका थिए ।





