खेलकुद

पाँचौ संस्करणको टाइगर कप माघमा, थाईल्याण्डको टिम आउने

पाँचौ संस्करणको टाइगर कप माघमा, थाईल्याण्डको टिम आउने
पोखरा, ९ पुस/ माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार पनि बृद्धि गरिएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुने छ । टाइगर गु्रप अफ पोखरा नेपालले माघ १२ देखी १९ गते सम्म हुने प्रतियोगिताको पुरस्कार राशि ३० हजारका दरले बृद्धि गरिएको छ । बिधागत तर्फ भने नगण्य बढाईएको छ । संस्थाका सचिव डि.बी नेपालीको अनुसार… पुरा पढौ

प्रदीप मेमोरियल बास्केटबलको उपाधि पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन

प्रदीप मेमोरियल बास्केटबलको उपाधि पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन
पोखरा, ७ पुस/ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो । पुरुषतर्फ… पुरा पढौ

पोखरामा सातौं संस्करणको ‘टुर दि पोखरा’ पुष दोस्रो साता

टुर दी पोखरामा उत्साहजनक सहभागीता, सोलो साइकल प्रतियोगितामा अमेरीकाका इलाइजा प्रथम
पोखरा, ६ पुस/ सातौं सस्करणको ‘टुर दि पोखरा’को तयारी सुरू भएको छ । साइकल सिटी पोखराको आयोजना तथा पोखरा महानगर पालिका कार्यालयको सहयोगमा पुस १३ गते हुन लागेको हो । ‘स्वास्थ्यका लागि साइक्लिङ, वातावरण र पर्यटन’ भन्ने मुल उद्धेश्यका साथ ‘टुर डि पोखरा’ हुन लागेको संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए् । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रम वारे जानकारी दिएको छ । टुर डि पोखरा’ अन्तर्गतको कार्यक्रमले पोखरा महानगर पालिकाको २४.५ किमि सडक क्षेत्र भित्र हुनेछ ।… पुरा पढौ

घलेलमा ल्होछार, भलिबल प्रतियोगिताको उपाधि राशी ६५ हजार, घोडा दौडतर्फ ४० हजार

भलिबल
पोखरा, ३ पौष/ तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५… पुरा पढौ

पोखरामा पुष १३ देखी अन्तराष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिता

ड्रागन बोट दौड प्रतियोगिताको उपाधि वाटर स्पोर्टस नेपाललाई
पोखरा, २ पुस/ पोखरामा पुष दोस्रो साता अन्तराष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल स्थित चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पोखराको फेवामा हुने प्रतियोगितामा पुष १३ देखी १५ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालका ११ मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समुहको सहभागिता रहने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा… पुरा पढौ

पोखराको बाम्दीमा भएको क्बलस्तरीय महिला भलिबलको उपाधि धादिङ स्पोर्टस्लाई

पोखराको बाम्दीमा भएको क्बलस्तरीय महिला भलिबलको उपाधि धादिङ स्पोर्टस्लाई
पोखरा, १ पुस / पोखरा महानगरपालिका २३ वाम्दीमा भएको क्लबस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । धादिङ स्पोर्टस् क्लबले शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । जित सँगै धादिङले नगद १ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका… पुरा पढौ

२५ औं आदर्श कपको उपाधी कास्कीलाई

२५ औं आदर्श कपको उपाधी कास्कीलाई
पोखरा, ३० मंसिर/ पोखराको लेखनाथमा आयोजित २५ औं आदर्श कप फुटबल प्रतियोगिताको उपाधी एन्फा कास्कीले हात पारेको छ । फाईनल खेलमा कास्कीले सशस्त्र प्रहरीलाई २–१ को गोलले हरायो । च्याम्पीयन बनेको कास्कीले उपाधीसँगै नगद ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता सशस्त्र प्रहरी वल गण्डकी प्रदेशले नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ, सर्वाधिक… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक खेलकुद जारी

मदरल्याण्ड माविमा वार्षिक खेलकुद जारी
पोखरा, २९ मंसिर/ पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि वार्षिक खेदकुद कार्यक्रम सुरु भएको छ । शुक्रबार सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । विद्यार्थीमा भएको खेल प्रतिभालाई बाहिर ल्याउनका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार छात्रा र छात्रका भलिवल, बास्केटबल, फुटसल, टेवलटेनिस र चेस खेलाइनेछ । विद्यार्थीले विभिन्न समूह बनाएर आन्तरिक प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगितामा छात्रतर्फ फुटसलमा १६, छात्रातर्फ ४, बास्केटबलमा छात्रातर्फ ५, छात्रतर्फ ११, भलिवलमा छात्रातर्फ ५ र छात्रतर्फ १४ समूहले प्रतिश्पर्धा… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगितामा प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगितामा प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि
पोखरा, २९ मंसिर/ चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् । कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे । ग्रस तर्फ काठमाडौं… पुरा पढौ

आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखराः भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन

आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखराः भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
पोखरा, २९ मंसिर/ आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न फाइनल सिंगल्समा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुबै बिजेताले नेपाली खेलाडी द्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गल्र्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे३० मा नेपाली खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै… पुरा पढौ