
शंकरमान उदास
पोखरा, १५ पुस/ पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका शंकरमान उदासको निधन भएको छ । उनको ६२ बर्षको उमेरमा गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।
उनको निधनले शारिरिक सुगठन खेलमा अपुर्णिय क्षतिभएको छ । उनले पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका थिए । पोखरा व्यायामशालामा जिमका सामान राखेर शुरु गरे । त्यसपछि उनले रत्नश्री जिमबाट ब्यबसायिक रूपमा जिमको थालनी गरेका हुन् ।
उदास शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक समेत हुन् । उनको तुलसीघाटमा अन्त्यष्टि गरिएको छ । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।





