माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन

-


     क्लिक गण्डकी     
     पौष १६ गते २०८१ मा प्रकाशित


माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन

माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन

पोखरा, १६ पुस/ पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसको उपाधि आरव सम्राट हाडा र सुनिरा थापा जितेका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बने ।

मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । च्याम्पियन भएका दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही नगद रु ४०–४० हजारका साथमा ट्रफी प्राप्त गरेका छन् ।

यस्तै ३५ वर्ष माथीको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् । जितेन्द्रले ट्रफीका साथ रु ६० हजार र उपविजेता सन्तोषले नगद रु ३० हजारका साथमा ट्रफी हात पारे ।

४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी बिजेता बनेका छन् । उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे । बिजेताले नगद ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफि प्राप्त गरे भने ५५ वर्ष माथी फाइनल स्पर्धामा चन्द्र शाही बिजयी भए । उनले जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । चन्द्रले नगद ३० हजार उपबिजेता जिवनले १५ हजार नगदसहित ट्रफि प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, संघका अध्यक्ष राजकुमार गुरुङ, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेल लगायतले नगद तथा ट्रफी वितरण गरेका थिए ।

पौष ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १ सय ४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । यसै बिच प्रतियोगितामा बिजेता भेट्रान्स खेलाडीहरुले प्रतियोगिताका लागि खटिएका बल ब्वाईहरुलाई आफूले प्राप्त गरेको नगद राशी हस्तान्तरण गरेका छन् ।

नगद सहयोग हस्तान्तरण गर्नेहरुमा उत्तम कुमार शेर्पा, जित प्रधानले समान नगद रु १०/१० हजार, हेमराज ढकालले १० हजार, मनोज राणाले ७ हजार ५ सय तथा जोलि टार्जनले २ हजार ५ सय जुनियर टेनिस सन्दीप बिकलाई प्रदान गरे । प्रतियोगितामा खेल्छ गण्डकी कार्यक्रम अन्तर्गतका १२ जना खेलाडीहरु बल व्वाईको रुपमा खटिएका थिए ।

माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसीले टेलिस खेलको विकासका लागि पोखरामा नीजि क्षेत्रबाट ठुलो सहयोग रहेको बताए । उनले आफुहरुले पनि सहयोगलाई निरन्तरता दिएको बताए ।



Tags: