खेलकुद

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल-४०, ५० र ६० प्लसको प्रतिस्पर्धा

फुटबल
पोखरा, २६ पुस / नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार
कास्की, २४ पुस /कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

घलेल उत्सवः भलिबलको उपाधिका लागि धम्पुस लेककुना र घान्द्रुक किम्चे भिड्ने

भलिबल
पोखरा, २३ पुस/ तमु समुदायको मुख्य पर्व ल्होछाररल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८र९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना गाउँ भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलमा धम्पुस लेककुना गाउँले कुइबाङ गाउँलाई ३–१ को सेटले पराजित गर्दै धम्पुस लेककुना फाइनलमा पुगेको हो । यस्तै अर्को सेमिफाइनल खेलमा घान्द्रुक किम्चे गाउँले ठुलाखेत गाउँलाई ३–१ कै सेटमा हराउँदै फाइनलमा घान्द्रुकसँगको भेट पक्का गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।… पुरा पढौ

१८ औं ‘बिटी कप’ माघ २२ देखि हुने

१८ औं ‘बिटी कप’ माघ २२ देखि हुने
पोखरा, २२ पुस/ पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ । क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए । उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि… पुरा पढौ

माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन

माछापुच्छे पोखरा ओपन टेनिसः आरव र सुनिरा च्याम्पियन
पोखरा, १६ पुस/ पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसको उपाधि आरव सम्राट हाडा र सुनिरा थापा जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बने । मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । च्याम्पियन भएका दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले… पुरा पढौ

माछापुच्छे पोखरा ओपन टेनिस मेन्स सिंगल्स फाइनलमा आरव र प्रनव भिड्ने

माछापुच्छे पोखरा ओपन टेनिस मेन्स सिंगल्स फाइनलमा आरव र प्रनव भिड्ने
पोखरा, १५ पुस/ पोखरामा जारी २१ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा आरव सम्राट हाडा र प्रनव मानन्धर भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरव सम्राट हाडाले प्रनव मानन्धर संग फाइनलमा भेट पक्का गरेका हुन् । सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमीफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरव संग पराजित हुँदै सेमीफाइनलबाट बाहिरिएका छन्… पुरा पढौ

शंकरमान उदासको निधन

शंकरमान उदासको निधन
पोखरा, १५ पुस/ पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका शंकरमान उदासको निधन भएको छ । उनको ६२ बर्षको उमेरमा गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । उनको निधनले शारिरिक सुगठन खेलमा अपुर्णिय क्षतिभएको छ । उनले पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका थिए । पोखरा व्यायामशालामा जिमका सामान राखेर शुरु गरे । त्यसपछि उनले रत्नश्री जिमबाट ब्यबसायिक रूपमा जिमको थालनी गरेका हुन् । उदास शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक समेत हुन् । उनको तुलसीघाटमा अन्त्यष्टि गरिएको छ । उनका… पुरा पढौ

पोखरामा ड्रागन बोट रेस शुरु

पोखरामा ड्रागन बोट रेस शुरु
पोखरा, १४ पुस/ पोखरामा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु भएको छ । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह आयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाल सरकारका मन्त्री तेजुलाल चौधरीले गर्नुभएको हो । प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, मित्र राष्ट्र चिन स्थित विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र मित्र राष्ट्र सिङ्गापुरबाट प्रतिनिधित्व गर्ने १… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी
पोखरा, १२ पुस/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे । सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन पुगे । त्यस्तै कोरियाका जुजुमान किमले प्रकास बस्नेतलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । सोही उमेर समुहका… पुरा पढौ

पोखरा १५ मा माघ २ गतेदेखि बृहत् खेलकुद महोत्सव

पोखरा १५ मा माघ २ गतेदेखि बृहत् खेलकुद महोत्सव
पोखरा, १२ पुस/ पोखरा वडा नम्बर १५ कार्यालयले माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो । माघ ६ गतेसम्म पाँच दिन चल्ने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेलमा प्रतिष्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडा सदस्य आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र… पुरा पढौ