आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १२ सहभागी हुने, सह प्रायोजकमा जयश्री फुड्स

-


     क्लिक गण्डकी     
     पौष २७ गते २०८१ मा प्रकाशित


आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १२ सहभागी हुने, सह प्रायोजकमा जयश्री फुड्स

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १२ सहभागी हुने, सह प्रायोजकमा जयश्री फुड्स

पोखरा, २७ पुस/ २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ माघको तेस्रो साता हुने भएको छ । मोफसलको चर्चित क्लब फुटबल प्रतियोगिता सहारा क्लब पोखराले माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

शनिबार पोखरामा पत्रकार सम्मलन गरे क्लबले प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने क्लवबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।

प्रतियोगितामा सकटा क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, एन आरटी, चर्च वाइज, मछिन्द्र क्लब, नेपाल एपिएफ, थ्रिस्टार क्लव र आयोजक साहारा क्लव खेल्ने छन् । यस्तै बेलायतबाट दुर्गेस ब्वाज फुटबल क्लब आउने पक्का भएको छ भने अन्य दुई टिमको टुङगो लाग्न बाकीँ रहेको बरालले बताए ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको लागि जय श्री फुड्सको भान्साघर चामलले सहप्रायोजन गर्ने भएको छ । शनिबार क्लबका अध्यक्ष बराल र फुड्सका तर्फबाट अमित तेलङगाले संझौता पत्रमा हस्ताक्षर गरे । सहप्रायोजन वापत फ्ड्सले क्लबलाई ५ लाख रुपैया उपलब्ध गराउने छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने सन्देशमूलक उद्देश्यका साथ पोखरा रंगशालामा साढे दुई दशकदेखि बर्सेनि प्रतियोगिता पोखराको पहिचान समेत हो । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ ।

हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु छन् । फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षा दीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । यस्तै, पोखरा महानगरपालिका संरक्षक छ भने अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलायन्स बुद्ध एयर रहेका छन् ।

सहारा क्लबसँग सह प्रायोजकको रुपमा जयश्री फुड्स प्रालि जोडिएको छ । २४ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपको पूर्व तयारीमा जुटिरहँदा क्लबले जयश्री फुड्स प्रालिसँग सह प्रायोजकको रुपमा शनिबार सम्झौता गर्दै सहकार्यको हात बढाएको हो । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्स सहप्रायोजक बन्न पुग्यो ।

सम्झौता एक वर्षको लागि गरिएको जानकारी क्लबका अध्यक्ष केशव बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले क्लबसँग मार्फत जोडिदाँ आफनो व्यवसायको पनि प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष बरालका अनुसार सम्झौता अनुसार जयश्री फुड्सले ५ लाख रुपैयाँ सहयोग गर्ने छ ।

‘एकेडेमीका बच्चाहरुको भविष्यको लागि हाम्रो तर्फबाट अझै सहयोग गर्ने हामी अग्रसर रहन्छौं ।’ जनरल म्यानेजर अग्रवालले भने । उनको भनाई अनुसार व्यवसायिक संस्था कुनैपनि खेलकुदसँग जोडिएको पहिलो हो । जयश्री च्यारिटी संस्था मार्फत सामाजिक सेवा काम गर्दै आएपनि फुटबलसँग जोडिएको पहिलो भएको उनको भनाई थियो ।