खेलकुद

एनसेल टाइगर कप भलिबलमा दुई विदेशी सहित १२ टिमको सहभागीता

एनसेल टाइगर कप भलिबलमा दुई विदेशी सहित १२ टिमको सहभागीता
पोखरा, ७ माघ/ टाइगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ दोस्रो साता हुने एनसेल टाइकर कप भलिबल प्रतियोगितामा दुई विदेशी सहित १२ टिमका सहभागीता रहने भएको छ । महिला तर्फ ६ र पुरुष ६ टिम गरि तर्फ १२ टिमले भाग लिने भाग लिने टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लबले भाग लिने छन् । त्यसै गरी हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल… पुरा पढौ

पोखरा वडा १५ मा तेस्रो खेलकुद महोत्सवः फुटबलमा नयाँ गाउँ च्याम्पियन

पोखरा वडा १५ मा तेस्रो खेलकुद महोत्सवः फुटबलमा नयाँ गाउँ च्याम्पियन
पोखरा, ७ माघ/ पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, वडा अध्यक्ष तोरणबहादुर बानियाँ, महोत्सव संयोजक आशिष भण्डारीलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे । पुरूष फुटबलतर्फ नयाँ गाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ… पुरा पढौ

दोस्रो यामबहादुर स्मृति फुटसल माघ ११ मा

दोस्रो यामबहादुर स्मृति फुटसल माघ ११ मा
पोखरा, ५ माघ / खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो । पोखरा महानगरपालिका वडा नम्बर १८ बाट प्रतिभावान खेलाडीहरुको विकास गर्ने मञ्चको उदेश्य रहेको छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ ११ र १२ गते हुने प्रतियोगितामा ३० भन्दा बढी… पुरा पढौ

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता
पोखरा, ४ माघ/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने छन् । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत… पुरा पढौ

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी
पोखरा, २ माघ/ माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको… पुरा पढौ

पाँचौं टाइगर कप भलिबल प्रतियोगिता माघ १२ देखी, श्रीलंका र थाइल्याण्ड टिमको सहभागीता हुने

पाँचौं टाइगर कप भलिबल प्रतियोगिता माघ १२ देखी, श्रीलंका र थाइल्याण्ड टिमको सहभागीता हुने
पोखरा, १ माघ/ टाइगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ दोस्रो सातादेखि टाइकर कप भलिबल प्रतियोगितामा हुने भएको छ । प्रतियोगितामा १२ टिमको टुंगो लागेको छ । तीमध्ये महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिने भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले भाग लिने छन् । त्यसै गरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस्… पुरा पढौ

टाईगर कप भलिबलको मुख्य प्रायोजकमा एनसेल

पाँचौ संस्करणको टाइगर कप माघमा, थाईल्याण्डको टिम आउने
पोखरा, २७ पुस/ माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितालाई एनसेलले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम पनि एनसेल टाईगर कप हुने छ । टाइगर गु्रप अफ पोखराका सचिव डिबी नेपालीका अनुसार एनसेलले मुख्य प्रायोजन गर्ने सम्झौता गरेसँगै प्रतियोगिताको नाम समेत एनसेल टाईगर कप राखिएको हो । टाइगर गु्रप अफ पोखराको आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार पनि… पुरा पढौ

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १२ सहभागी हुने, सह प्रायोजकमा जयश्री फुड्स

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १२ सहभागी हुने, सह प्रायोजकमा जयश्री फुड्स
पोखरा, २७ पुस/ २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ माघको तेस्रो साता हुने भएको छ । मोफसलको चर्चित क्लब फुटबल प्रतियोगिता सहारा क्लब पोखराले माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । शनिबार पोखरामा पत्रकार सम्मलन गरे क्लबले प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने क्लवबका अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगितामा सकटा क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, एन आरटी, चर्च वाइज, मछिन्द्र क्लब, नेपाल एपिएफ, थ्रिस्टार क्लव… पुरा पढौ

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल-४०, ५० र ६० प्लसको प्रतिस्पर्धा

फुटबल
पोखरा, २६ पुस / नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार
कास्की, २४ पुस /कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ